नन्दलाल चौरसिया
बरियारपुर ,बारा
"महागढीमाई नगरपालिका -९ पिप्राविर्तामा विषादी सम्बन्धि एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न "
बाराको महागढीमाई नगरपालिका वडा नम्बर -९ पिप्राविर्तामा १ दिने विषादी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।महिला तथा बाल समाज सेवा केन्द्र बरियारपुरको अायोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।सेवा केन्द्रका अध्यक्ष अजेश प्रसाद कुशवाहाको अध्यक्ष्ातामा भएको कार्यक्रममा वडा नम्बर -९ का वडाध्यक्ष शशिकान्त मिश्र ,महागढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत बिरबहादुर प्रसाद लहेरा , योजना शाखाका महेन्द्र प्रसाद कुशवाहा ,वडा सचिव नरेश प्रसाद कुशवाहा ,स्थानीय नेता प्रहलाद सहनी ,प्रमोद महतो लगायतकाको विशेष उपस्थिति रहेको थियो ।२५ जना बढी किसानलाई विषादीको बारेमा जानकारी दिईएको थियो ।बिषादीको प्रयोगको बारेमा सचेतना कार्यक्रमले अाफूहरुलाई बुझ्न सजिलो भएको किसान चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अहिले विषादीको प्रयोग अत्यधिक भईरहेको बेला बालीमा कसरी विषादीको प्रयोग गरिने हो सचेतना कार्यक्रम फाईदा पुगेको अर्का किसान परमेश्वर दासले बताउनुभयो ।
प्रतिक्रिया