स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

एलपी ग्यासको प्रयोग न्यूनीकरण अभियान सुरु

SHARE:

जनकपुर, २ चैत (रासस) ः

पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान मधेस प्रदेशमा सुरु भएको छ । 

खाना पकाउन बढ्दो एलपीजी ग्यासको प्रयोगका कारण सुरक्षा जोखिम बढ्नाका साथै आर्थिक नोक्सानीसमेत बढेको भन्दै नेपाल इनर्जी फाउन्डेशनले विद्युतीय चुलोलगायत वैकल्पिक ऊर्जाको प्रवद्र्धन गर्न अभियान शुरु गरेको हो । 

एलपिजी ग्यासको तुलनामा विद्युतीय माध्यमबाट खाना बनाउँदा आर्थिक र स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त भएकाले त्यो सन्देशलाई ग्रामीण भेगसम्म पु¥याउन अभियान सुरु गरिएको नेपाल इनर्जी फाउन्डेशनका सचिव डिल्ली घिमिरेले जानकारी दिनुभयो । 

अभियानका क्रममा खाना पकाउन सफा ऊर्जाका बारेमा जनचेतनामूलक कार्यक्रम, खाना पकाउने वैकल्पिक ऊर्जाको खोजी गर्ने, घरभित्रको धुवाँ हटाउने कार्यक्रम तर्जुमा गर्ने, खाना पकाउने सफा प्रविधिमाथि सर्वसाधारणको पहुँच सुनिश्चित गर्न अनुदान, सहुलियत ऋण तथा वित्तको व्यवस्था गर्ने योजना रहेको सचिव घिमिरेले बताउनुभयो । "सहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्रमा पनि पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको माग बढ्दै गएको छ", उहाँले भन्नुभयो, "एकातिर एलपिजी ग्यास नेपालमा उत्पादन हुँदैन, अन्य मुलुकबाट ल्याउनु पर्दा ठूलो आर्थिक घाटा भइरहेको छ भने अर्काेतिर ग्यास फड्किएर मानवीय भौतिक क्षतिसमेत हुँदै आएको छ ।" त्यसैले पनि खाना पकाउन विद्युतीय चुलो र गोबर ग्यास लगायतका वैकल्पिक ऊर्जालाई प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो । 

बर्सेनि खाना पकाउने ग्यासका लागि मात्र जम्मा आयातको २ दशमलव ५ प्रतिशत रकम नेपालले भुक्तानी दिँदै आएको जानकारी दिनुहुँदै ऊर्जा विज्ञसमेत रहनुभएका घिमिरेले खाना पकाउने सफा ऊर्जाका विभिन्न विकल्पहरुसहितका प्रविधिहरु बजारमा उपलब्ध भएको अवस्थामा स्थानीय आवश्यकता र उपलब्धताका आधारमा स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । 

खाना पकाउने ऊर्जा स्रोत, प्रविधिलाई आधुनिक र सफा बनाउँदा उपभोक्ता स्वयम्, समुदाय  र राज्य समेतलाई फाइदा पुग्ने दाबी गर्नुहुँदै उहाँले सफा खाना पकाउन विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गर्न सकिए वातावरण र वायु प्रदूषणमा कमी आउने तथा त्यसबाट मानव स्वस्थ्यमा समेत असर नपुग्ने उल्लेख गर्नुभयो ।  विद्युत्मा सबैको पहुँच पु¥याएर विद्युतीय चुलोलाई प्रवद्र्धन गर्न सकिए आर्थिक र भौतिक  लगायतका क्षेत्रमा फाइदा पुग्न सक्ने भएकाले त्यसबारे तीनै तहको सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: एलपी ग्यासको प्रयोग न्यूनीकरण अभियान सुरु
एलपी ग्यासको प्रयोग न्यूनीकरण अभियान सुरु
https://blogger.googleusercontent.com/img/a/AVvXsEjrYfBJiD5Fd2-NfRnMlNA3AwsxX5H6ay-v4i9RygPdfQZNrgsbqJlwSVwQgznEZiKid8fZiW_VygLvr555DJ8r_rYi9Fhcqp2sAHqPa4wRxZrv8wyaw8FtdJmT2tAP7v1_fFThTPYE7Vm8fO63CSsn5e-IrbaMucr0yRPYYGeZZJUkJfDCMcvTyWh7NA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjrYfBJiD5Fd2-NfRnMlNA3AwsxX5H6ay-v4i9RygPdfQZNrgsbqJlwSVwQgznEZiKid8fZiW_VygLvr555DJ8r_rYi9Fhcqp2sAHqPa4wRxZrv8wyaw8FtdJmT2tAP7v1_fFThTPYE7Vm8fO63CSsn5e-IrbaMucr0yRPYYGeZZJUkJfDCMcvTyWh7NA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_66.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_66.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content