Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

उपेन्द्रले छोरा अमरेन्द्रलाई मेयर उठाउने तयारी गरेपछि सरावगी एमालेमा

काठमाडौं, २८ फागुन । वीरगञ्जका महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुले राजनीतिवृत्तमा तरंग आएको छ । जसपासमेत रहेको सत्त...

काठमाडौं, २८ फागुन । वीरगञ्जका महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुले राजनीतिवृत्तमा तरंग आएको छ । जसपासमेत रहेको सत्ता गठबन्धन स्थानीय चुनावमा तालमेल गर्ने भद्र सहमति भइसक्दा पनि सरावगीले पार्टी छाडेपछि तरंग आएको हो ।
सत्ता गठबन्धनमा काठमाडौं, ललितपुर र विराटनगर नेपाली काङग्रेसले, भरतपुर माओवादीले, पोखरा नेकपा एकीकृत समाजवादीले र वीरगञ्ज जसपाले उम्मेदवार उठाएर तालमेल गर्ने भद्र सहमति भएको चर्चा थियो । तर, बहालवाला मेयर नै गठबन्धनको घटक जसपा छाडेर एमालेमा लागेका छन् ।
विश्वस्त स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगरको मेयरमा अगाडि बढाउने तयारी गरेका थिए । अमरेन्द्रले पनि त्यसका लागि तयारी गर्न थालेका छन् । बरू वीरगञ्जमा नेपाली काङग्रेसका लागि मेयर छाडेर उनले विराटनगरमा छोराका लागि सिट सुरक्षित गर्ने रणनीति बनाए ।
अमरेन्द्र ३१ वर्षका भए । उनी जसपाको विराटनगर अध्यक्ष बनाइएका छन् । उनले २०७० को चुनाव लडेपनि हारेका थिए । यसपटक भने मेयर बन्ने तयारीका साथ सक्रिय भइसकेका छन् ।
उपेन्द्रको तयारीको सूचना पाएपछि सरावगी वीरगञ्जमा एमालेबाट फेरि मेयर लड्ने भद्र सहमति गरेर प्रवेश गरेको बुझिएको छ । विराटनगरमा जसपाले मेयर लिएमा वीरगञ्जमा काङग्रेसले पाउने निश्चित नै छ । सरावगी एमाले प्रवेश गरेपछि जसपाले उनको मेयर पदवारे कस्तो निर्णय लिन्छ चासो बनेको छ । उनको एमाले प्रवेशले जसपालाई ठूलै धक्का लागेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content