Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेश प्रदेश सरकारले चार वर्षमा निक्कै उपलब्धिहरू हासिल गरेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेश सरकार गठन भएको चार वर्ष पुरा गरेर आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा यस अवधिमा गरेको कामकाजका विषयमा आज पत्रक...

जनकपुरधाम । मधेश प्रदेश सरकार गठन भएको चार वर्ष पुरा गरेर आजबाट पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा यस अवधिमा गरेको कामकाजका विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । 

मुख्यमन्त्री लालबाबु राउतले मधेश भवनमा रहेको आफ्नो निवासमा चौथो वार्षिक उत्सवमा अवसरमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा यस अवधिमा प्रदेशको नाम तथा राजधानी तोक्ने काम भएको कामलाई निक्कै महत्त्वपूर्ण रुपमा लिनु भएको छ । 

उहाँले यस अवधिमा राजनैतिक उपलब्धिको रक्षा, सुदृढीकरण तथा विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका महत्त्वपूर्ण योजनाहरू बेटी पढाऊ बेटी बचाउ, शहिदको सम्मान, किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान, ६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे, तीन वटा विश्वविद्यालयको स्थापना लगायतका कार्यलाई चार वर्षको उपलब्धिको रुपमा रहेको जानकारी दिनु भयो । 

चार वर्षको अवधिमा आठ वटै जिल्लाको विभिन्न स्थानहरूमा ६० वटा बर्थिङ सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रङ्गशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ बालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ वृद्धाश्रम भवनको मर्मत सम्भार तथा स्तरोन्नति गरेको जानकारी मुख्यमन्त्री राउतले गराउनु भयो । 

चार वर्षको अवधिमा करिब २ सय २५ कि.मि.माटो सडक, ९ सय ३७ कि.मि. ग्राभेल सडक, २ सय २४ कि.मि.कालोपत्रे सडक र २ सय ३७ कि.मि.ढलान सडक निर्माण, २ सय ९२ कल्भर्ट र ३२ पुल निर्माण सम्पन्न गरेको, करिब ३५ कि.मि.नाला निर्माण र ३ झोलुङ्गे पुल, सिँचाइतर्फ ३४ हेडबक्स निर्माण, १ सय ७४ कि.मि.कच्ची नहर निर्माण, २९ कि.मि.पक्की नहर निर्माण र ७८ कि.मि.तटबन्ध निर्माण गरेको, ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण, ५३ कि.मि.बस्ती संरक्षण र २६ कि.मि.घाट निर्माण गरेको प्रदेश सरकारले यस अवधिमा उपलब्धि हासिल गरेको जनाएको छ । 

६४ वटै निर्वाचन क्षेत्रमा ५ कि.मि. सडक कालोपत्रे गर्नका लागि बोलपत्र सूचना प्रकाशन गरेको मुख्यमन्त्री राउतले पत्रकार सम्मेलनमा वितरण गर्नु भएको उपलब्धिहरूमा उल्लेख गर्नु भएको छ । 

प्रदेश सरकारले ९ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवन. २३ वटा धर्मशाला र जनता आवास कार्यक्रम अन्तर्गत ९ हजार ४५ वटा घर बनाएर चार वर्षमा ठूलो उपलब्धि हासिल गरेको मुख्यमन्त्री राउतले जानकारी दिनु भएको छ । 

यसका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण लगायतका वैदेशिक स्तरमा भएको उच्च स्तरका भम्रणहरु, कोरोना समयमा गरिएको परीक्षण, कानून निर्माण, प्रदेशको नाम र राजधानीको टुङ्गो लगायतका कार्यलाई आफ्नो उपलब्धिको रुपमा लिएको छ । 

उपलब्धिहरूको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिइएको पत्रकार सम्मेलनमा मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, अर्थमन्त्री शैलेन्द्र साह, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय कुमार यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितका उच्च अधिकारीहरू उपलब्ध रहनु भएको थियो ।     


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content