Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

९ करोड ३० लाख मूल्य बराबरको अफिमसहित एक जना पक्राउ

बीरगंज  । पर्सा प्रहरीले झन्डै ९ करोड ३० लाख मूल्य बराबरको ९ किलो ३ सय ग्राम अवैध लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरी चौ...

बीरगंज  । पर्सा प्रहरीले झन्डै ९ करोड ३० लाख मूल्य बराबरको ९ किलो ३ सय ग्राम अवैध लागु औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । 

प्रहरी चौकी रङ्गपुरबाट खटिएको गस्ती टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ मनवाबाट रंगपुरतर्फ आउँदै गरेको प्रदेश नं.२–०३–००७ प ६९९० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ९ किलो ३ सय ग्राम अवैध लागु औषध अफिमसहित मकवानपुर राक्सीराङ गाउँपालिका वडा नं.४ बस्ने   ३० वर्षीय सुजन मोक्तानलाई रंगेहात पक्राउ गरेको हो । 

निजले भिरेको कालो रङ्गको ब्यागभित्र सेतो प्लास्टिकको झोलामा ९ किलो ३ सय ग्राम अफिमको लेदो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो । 

अफिमसहित भरिया पक्राउ परे पनि चेकजाँचकै क्रममा प्रहरीलाई छलेर मोटरसाइकल चालक भने फरार भएको र निजको पहिचान भइसकेको हुँदा खोजतलास भइरहेको डिएसपी खनालले बताउनुभयो । 

पक्राउ परेको अफिम स्थानीय बजारमा प्रति १ ग्राम नेपाली रुपैयाँ १० देखि ११ हजारसम्म खरिद बिक्री हुने गरेको डिएसपी खनालले जानकारी दिनुभयो । 

पक्राउ परेका अभियुक्तलाई अवैध लागु औषध मुद्दामा पर्सा जिल्ला अदालतमा म्याद थप गरी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content