Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

" पर्सागढीको बढ्नियार स्थित सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धकसहित ४ जना कारागार चलान"

 " पर्सागढीको बढ्नियार स्थित सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक सहित ४ जना कारागार चलान"  कलैया , ३ फाल्गुन ।  ...

 " पर्सागढीको बढ्नियार स्थित सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक सहित ४ जना कारागार चलान" 


कलैया , ३ फाल्गुन । 


बचतकर्ता सदस्यहरुको जानकारी बिना ऋण लिएको ५ करोड ५७ लाख ४२ हजार २ सय ७४ रुपैयाँ हिनामिना गरेको आरोपमा शाखा प्रमुख सहित ७ जना पक्राउ परेका छन् ।


काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको पर्साको पर्सागढी नगरपालिकाको बढ्नियार स्थित शाखा कार्यालयका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित अन्य ७ जना कर्मचारीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।


संस्थाको मुख्य कार्यालयले मंसिर २४ गते दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । शाखा प्रबन्धक लोहारले अन्य कर्मचारीको सहयोगमा ३ सय ८ जना बचतकर्ता सदस्यहरुको जानकारी बिना उनीहरुको नाममा नक्कली ऋण आवेदन र अन्य नक्कली कागज तयार गरी ऋण स्वीकृत गरी आफैले ५ करोड ३४ लाख ५५ हजार ४ सय १९ रुपैयाँ हिनामिना गरेको जाहेरी दरखास्तमा उल्लेख छ ।


अनुसन्धानको क्रममा शाखा प्रबन्धक लोहारले १५ जना बचतकर्ताको बचत रकम र कर्जाको ब्याजबापतको रकम समेत गरी जम्मा ५ करोड ५७ लाख ४२ हजार २ सय ७४ रुपैयाँ संस्थालाई नोक्सानी गराएको खुलेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।


अनुसन्धानपश्चात जिल्ला सरकारी वकिल कार्यालय पर्साको निर्णयअनुसार ३ जना व्यक्तिमाथि मुद्दा नचल्ने निर्णय भएपछि छाडिएको खनालले बताए । खनालका अनुसार ४ जनालाई कारागार चलान गरिएको छ ।


शाखा प्रबन्धक लोहारलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने अन्य ३ जनालाई जनही १/१ करोड धरौटी तोकिएकोमा धरौटी रकम बुझाउन नसकेपछि उनीहरुलाई पनि कारागार चलान गरिएको खनालको भनाई छ ।


कारागार चलान हुनेमा शाखा प्रबन्धक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी भोजेन्द्र ठाकुर लोहारसँगै पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ निवासी गेनालाल पटेल, वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ निवासी प्रदीप कुमार पटेल र वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कै शेषनाथ कुश्वाहा रहेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content