Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कोरोनाको प्रभाव : सरस्वती पूजामा मूर्ति बिक्री नहुँदा मूर्तिकार चिन्तित

बीरगंज  । कोरोना सङ्क्रमणको कारण शैक्षिक संस्था प्रभावित भएपछि बीरगंज तथा बारा, पर्सामा सरस्वती पूजाका लागि बनाइएको मूर्तिहरू बिक्री नहुँद...

बीरगंज  । कोरोना सङ्क्रमणको कारण शैक्षिक संस्था प्रभावित भएपछि बीरगंज तथा बारा, पर्सामा सरस्वती पूजाका लागि बनाइएको मूर्तिहरू बिक्री नहुँदा मूर्तिकारहरू चिन्तित भएका छन् । 

बीरगंज तथा मधेस प्रदेशमा धूमधामका साथ मनाइने सरस्वती पूजा विगत दुई वर्षदेखि कोरोना सङ्क्रमणको कारण पूजा नै प्रभावित हुँदा मूर्ति बिक्रीमा कमी आएको हो । 


तराईमा विशेष गरी विश्वकर्मा पूजा, दुर्गा पूजा, गणेश चर्तुथीलगायत वसन्त पञ्चमीमा मूर्तिकारहरूले बनाएको माटाका मूर्तिहरूलाई ल्याएर भव्य रुपमा पूजाआजा गर्ने प्रचलन रहेको छ । 

अहिले वीरगंजमा दुई दर्जनभन्दा बढी स्थानमा मूर्तिकारहरूले सरस्वतीको मूर्ति झकिझकाउका साथ राखेर बिक्री गर्ने तयारीमा भए पनि कोरोना सङ्क्रमणको कारण शैक्षिक संस्थाहरू सञ्चालन नहुँदा मूर्ति बिक्री हुनेमा शङ्का उब्जिएको वीरगन्ज रानीघाटका मूर्तिकार हरिशंकर कुम्हालले बताउनुभयो । 

नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका मूर्तिकारहरूले डेढ महिना अगाडीबाट आएर सरस्वतीका मूर्ति तयार गरेका छन् । 

 कोरोना संक्रमण हुनु अघि वार्षिक रुपमा आफूले १ सय ५० वटाभन्दा बढी सरस्वतीको मूर्ति बिक्री गरेको कुम्हालले अहिले ३० देखि ४० वटा पनि मूर्ति विक्री नहुने हो कि चिन्ताले सताएको बताउनुभयो । 

विद्याकी आराध्यदेवी माता सरस्वतीको मूर्ति स्थापना गरी विद्यालयमा मात्रै नभई विभिन्न क्लब तथा सामाजिक सङ्घ संस्थाहरूले समेत वीरगंजमा धूमधामसँग सरस्वती पूजा गर्ने परम्परालाई कोरोनाले प्रभावित पारेको ज्ञान ज्योति उच्च मावि वीरगंजका प्रिन्सिपल राज किशोर यादवले बताउनुभयो । 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content