Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट पत्रकार झा सम्मानित

पर्सा, २ फागुन/ मोफसलको प्रतिष्ठित गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कारबाट सप्तरीका पत्रकार वैजनाथ झा सम्मानित हुनुभएको छ ।  गोपालचन्द...


पर्सा, २ फागुन/
मोफसलको प्रतिष्ठित गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कारबाट सप्तरीका पत्रकार वैजनाथ झा सम्मानित हुनुभएको छ । 
गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको ११औँ पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकार झालाई एक तोला सुनको पदक र प्रमाणपत्रले सम्मानित गरेका हो ।
तीन दशकभन्दा बढी समयदेखि सप्तरीमा रही जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकार झालाई सम्मानित गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने पत्रकारको सम्मान जस्ता कार्यले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । 
उहाँले पत्रकारिता क्षेत्रको विकासले लोकतन्त्रलाई बलियो बनाउनुका साथै राज्यलाई उत्तरदायी बनाउने भएकाले वीरगञ्जबाट प्रकाशित प्रसारित सञ्चारमाध्यमको दिगो विकासका लागि महानगरपालिकाले लोककल्याणकारी विज्ञापन वितरण शुरू गरेको जानकारी दिनुभयो ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने र समाजमा व्यापक भेदभाव, भ्रष्टाचारलाई समाप्त पार्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीको मनोबल उच्च बनाउन महानगरपालिकाले रू पाँच लाख प्रतिष्ठानलाई प्रदान गर्ने घोषणा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पुरस्कृत भएका पत्रकार झालाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले चालू आर्थिक वर्षदेखि नै लागू हुनेगरी मधेस प्रदेशमा रहेका पत्रकारको जीवन बिमा गर्नुका साथै वरिष्ठ पत्रकारलाई पेन्सन दिने तयारीमा लागेको जानकारी दिनुभयो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content