Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बर्दिबासमा योग र ध्यानको ‘क्रेज’

महोत्तरी, २ माघ/ महोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन् । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको बर्दिबास–३ गौरीडाँडा...

महोत्तरी, २ माघ/
महोत्तरीको बर्दिबासमा योग र ध्यान साधना गर्ने निकै बढेका छन् । योग दिवसका अवसर पारेर शुभारम्भ गरिएको बर्दिबास–३ गौरीडाँडा रातमाटास्थित नवनिर्मित योगभवनमा शनिवार पहिलो दिन १०० हाराहारी सहभागी भएका हुन् ।
गत वर्ष योग दिवसकै अवसरमा बर्दिबासमा सामूहिक योग र ध्यान साधना थालिएको हो । योग र ध्यानलाई दैनिक तालिकामै निरन्तरता दिन यससम्बन्धी सचेतना बढाउन जरूरी ठानेर योगभवन निर्माण गरिएको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले "सामूहिक रूपमा गरिने योग र ध्यान सिकाइका लागि उपयुक्त हुँदो रहेछ । यसैले योग ध्यानवारे सर्वत्र चासो बढोस् भन्ने चाहनाका साथ योगभवन निर्माण गरेका हौँ ।" 
सामूहिक योग र ध्यानमा आउने ४० वर्षभन्दा माथिका बढी देखिएका योग गुरू स्वामी प्रेम आलोकले जानकारी दिनुभयो  । "यहाँ जनप्रतिनिधिहरूको योग र ध्यानवारे एकदमै सकारात्मक चासो छ," उहाँले भन्नुभयो, "गतवर्ष सांसद गिरिराजमणि पोखरेलको सहयोगमा एउटा पार्टी प्यालेसमा योग प्रशिक्षण थालेका थियौँ, एक वर्षभित्रै अहिले योगभवन नै तयार भयो ।" स्थानीय तहका जनप्रतिनिधि पनि योग र ध्यानको सहभागीता बढाउन चासोका साथ लाग्नुभएको आलोकको ठम्याइ छ । योगभवनमा अहिले आलोकसहित चारजना प्रशिक्षक हुनुहुन्छ ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा योग र ध्यानवारे थप कक्षा सञ्चालन गर्ने सैद्धान्तिक निर्णय नै गरेको छ । यसका लागि प्रशिक्षक व्यवस्थापनदेखि अन्य तयारी गरिने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । करिब ५२ लाखको लागतमा निर्मित योगभवन निर्माणमा ४०० केभी विद्युत प्रसारण लाइन, पानीखोल्सी रातमाटा सामुदायिक वन उपभोक्ता समिति र बर्दिबास नगरपालिकाले आर्थिक दायित्व निर्वाह गरेका छन् । योगभवनको  एकसाथ ३०० जनाले अभ्यास गर्नसक्ने क्षमता रहेको बर्दिबास–३ का वडाध्यक्ष  राजन ढुङ्गानाले जानकारीदिनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content