Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

राधेश्याम पटेललाई यथाशीघ्र धार्मिक सहिद घोषणा गर्न विश्व हिन्दू परिषदको माग

वीरगंज, १५ माघ ।  विश्व हिन्दू परिषद्, नेपालले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।  छठपर्व मनाउने क्रममा कार्तिक २५ गतेका दिन हिन्दू भक्तह...

वीरगंज, १५ माघ । 
विश्व हिन्दू परिषद्, नेपालले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 
छठपर्व मनाउने क्रममा कार्तिक २५ गतेका दिन हिन्दू भक्तहरू र स्थानीय मुसलमान युवाहरू बीच विवाद झै झगडा हुँदा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं १९ इनरवारी बस्ने राजकुमार राउत कुमीका छोरा वर्ष १८ का राधेश्याम पटेल घाइते भई उपचारको क्रममा  पुस २१ गते निधन भएको भन्दै मृतकका परिवारजनलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेको छ । 
विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय बाराबाट आवश्यक अनुसन्धान कार्वाही भैरहेको भएपनि घटनाले धार्मिक भावना विथोल्न गई सामदायिक दंगा हुन सक्ने हंदा जिल्लाको शान्ति सुरक्षामा नै प्रतिकूल प्रभाव पर्न जाने तथ्यलाई दृष्टिगत गरी जिल्लाको शान्ति सुरक्षा बनाईराख्न प्रमुस जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको संयोजकत्वमा माघ १० गतेका दिन पीडित पक्ष, राजनैतिक दलका प्रतिनिधि, स्थानीय संचारकर्मीको उपस्थितिमा छलफल गर्दा राधेश्याम पटेलका परिवारलाई उपचारमा सर्च भएको रू १ लाख २४ हजार  क्षतिपुर्ति र छुट्टै रू१० लाख नेपाल सरकारले दिने र स्व, राधेश्यामलाई धार्मिक शहिद घोषणा गर्ने लगायतका सहमति समझदारी भएको थियो । 
हालसम्म पीडितका परिवारले राहत नपाएको हुँदा  गृहमन्त्रीको ध्यानाकर्षण गर्न ज्ञापनपत्र बुझाइएको थियो । 
विज्ञप्तिमा सुनसरी जिल्लामा केही समय अगाडि मुस्लिम युवाको मृत्यू भएकोमा सरकारले तत्कालै पीडित भनिने पक्षलाई क्षतिपुर्ति दिएको तर पटेलले  हालसम्म पनि क्षतिपुर्ति नपाएको ज्ञापनपत्रमा उल्लेख छ । सहमतिमा उल्लेख भएका अन्य कुराहरूलाई अविलम्ब कार्यान्वयन गरी दोषि उपर कडा भन्दा कडा कार्वाही हुन पनि अनुरोध गर्दै सरकारी पक्षबाटे सहमति गराउने तथा कार्यान्वयन नहुने हो भने घटनाले उग्र रूप लिने र सो को जिम्मेवारी नेपाल सरकार नै हुने  राष्ट्रिय महासचिव जितेन्द्र सिंहले ज्ञापनमा चेतावनी दिएका छन् । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content