अजय यादव वियोगी
निजगढ ,बारा ।
फल मध्ये धेरै भिटामिन भएको मेवा अर्थात पपिता खेती तर्फ निजगढका किसान अाकर्षित बन्दै गएका छन् ।कम समयमा थोरै लगानी गरेर धेरै अाम्दानी भित्र्याउने मध्ये नगदे बालीको रुपमा मेवा लिने गरिन्छ ।मेवाको बजार पनि धेरै रहेको छ ।निजगढ नगरपालिकामा मेवा खेती व्यावसायी ढंगले हुन थालेको किसान मिलन लामाले बताउनुभयो ।पहिला भन्दा अहिले मेवाको खेती गर्नेको संख्या बढेको किसान लामाले बताउनुभयो ।निजगढको सुहाउँदो हावापानीका कारण मेवा खेतीमा कुनै समस्या नभएको शुशिला देवी भट्टराई बताईन ।अाँगनबाट सुरु गरिएको मेवा अहिले व्यावसायी रुपले गर्न थालेको किसान शुशिला देवी भट्टराईले बताईन ।निजगढ फलेको मेवा ,कलैया ,बिरगंज ,पथलैया ,चपुर ,हेटौंडा,जनकपुर देखि लिएर काठमाडौं सम्म जाने गरेका छन् ।यातायातको साधन भएकाले कुनै समस्या नभएको किसान भट्टराईले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।निजगढको सबै वडामा मेवा खेती हुने गरेको निजगढ नगरपालिकाका कृषि शाखाले जानकारी दिएका छन् ।राम्रो गर्नेलाई नगरपालिकाले प्रोत्साहन समेत गर्ने गरेको निजगढ नगरपालिकाको कार्यालयले जानकारी दिएका छन् ।मेवा खेती बाराको १६ पालिकामा छिटपुट रुपमा समेत हुने गरेको छ ।
प्रतिक्रिया