वीरगंज, ५ माघ ।
ओमिक्रोनको सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय, पर्साले आज २५ बुँदे निर्देशन जारी गर्दै माघ महीनाभरि विवाह, व्रतबन्धलगायतको कार्यक्रम गर्न निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विज्ञप्ति जारी गर्दै माघ महीनाभरि विरोध, सभा, गोष्ठी, भेला गर्न नपाइने, सिनेमाहल, क्लब, जिमखाना, बजार तथा मानिसहरूको भीडभाड हुने ठाउँमा माघ मसान्तसम्म कुनै पनि काम गर्न नपाइने उल्लेख छ । विद्यालय, कलेज माघ १५ गतेसम्म बन्द गर्नुपर्ने, सार्वजनिक तथा निजी सवारी साधनमा एक तिहाई यात्री बसाल्न सकिने, सार्वजनिक स्थानमा जथाभावी थुक्न नपाउने, मास्क प्रयोग गरेर जथाभावी फाल्न नपाउनेलगायतको निर्णय गरेको छ ।
प्रतिक्रिया