स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

"बाराको देवताल गाउँपालिकामा सुरेन्द्र प्रसाद गिरीद्वारा लेखिएको भोजपुरी किताबको लोकार्पण समारोह भव्यताका साथ सम्पन्न "

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा ।


"बाराको देवताल गाउँपालिकामा सुरेन्द्र प्रसाद गिरीद्वारा लेखिएको भोजपुरी किताबको लोकार्पण समारोह भव्यताका साथ सम्पन्न " 
जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि भने भनाइ चर्चित नै हो ।तर यथार्थमा यसलाई पूरा गर्न सहज नै छैन ।कवि हुनु भनेको अाफैमा एउटा समाजको ऐना जस्तै  नै हो ।समाजमा भईरहेको सबै गतिविधिलाई कागजको खेस्रामा उतार्ने काम कविले नै गर्ने गर्दछ ।लक्ष्मीप्रसाद देवकोटाले शकुन्तला जस्ता महाकाव्य १० दिनमै लेखेको ईतिहास नै छ ।तर सबैको अा -अाफ्नै मातृभाषा रहेका छन् ।नेपालमा २०६८ का जनगणना अनुसार १२३ भाषा ,१२५ जातजाति रहेको तथ्यांक नै छ ।त्यसमध्ये सबैभन्दा ठूलो नेपाली भाषा ,दोस्रोमा मैथिली र तेस्रोमा भोजपुरी भाषा नै पर्दछ ।त्यहीँ तेस्रो भाषाको उत्थानका लागि सबै मधेसी लागि परेका छन् ।बाराको देवताल गाउँपालिका वडा नम्बर -४ पिप्राढी घर भएका सुरेन्द्र प्रसाद गिरीले  अथक मेहनत गरि २ कृति भोजपुरीमा प्रकाशन गर्न सफल भएका छन् ।देवताल गाउँपालिकाको अायोजनामा भएको साहित्यकार सुरेन्द्र प्रसाद गिरीद्वारा लिखित भोजपुरी किताब सोन किरिनिया (पध संग्रह ),कहाँ गईल उ दिन (लघुकथा  संग्रह )को भव्यताका साथ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।देवताल गाउँपालिकाका  अध्यक्ष चन्दनकुमार सिँहको अध्यक्ष्ातामा भएको लोकार्पण कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिँह रहनु भएको थियो ।विशिष्ट अतिथिहरु देवताल गाउँपालिकाका उपाध्यक्ष रामपति देवी महतो ,प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह ,नेपाल भोजपुरी प्रज्ञा प्रतिष्ठानका उमाशँकर द्विवेदी "दधिची",नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साह लगायतका रहनु भएको थियो ।अतिथिहरुमा देवताल गाउँपालिकाका लेखा अधिकृत गजेन्द्र प्रसाद यादव ,योजना अधिकृत अभिनन्दन कुमार ,नेपाल शिक्षक यूनियन बाराका पुर्व अध्यक्ष एवम् बेंगा साह माविका प्रधानाध्यापक देवेन्द्र प्रसाद गिरी ,साहित्यकार जगदीश पंकज ,भारतीय साहित्यकार लटपट ब्रजेश ,महादेव सिँह वडा नम्बर -४का वडाध्यक्ष मिश्रीलाल सहनी लगायतका रहनुभएको थियो ।देवताल गाउँपालिकाले साहित्यको क्षेत्रमा धेरै योगदान दिदै अाएको प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति बाराका अध्यक्ष नवलकिशोर सिँहले बताउनुभयो।भाषा जुनसुकै भएपनि अाफ्नो मातृ भाषा जोगाउनु सबैको कर्तव्य नै रहेको प्रमुख अतिथि सिँहले बताउनुभयो ।पिप्राढी गाउँको नाम नै रोशन गर्ने गरि साहित्य क्षेत्रमा ठूलो योगदान सुरेन्द्र प्रसाद गिरीको रहेको चर्चा गर्दै साहित्यले नै समाज असल बाटोमा डोर्‍याउने प्रमुख अतिथि सिँहले बताउनुभयो।भोजपुरीमा अनेकन शब्दहरु रहेका छन् ,जुन भाषाले मिठास मात्र दिदैन ,सित्तैमा हामी सबैले अनुग्रहण गरिरहेको समेत  प्रमुख अतिथि नवलकिशोर सिँहले बताउनुभयो ।बारा जिल्लामा नभई देशभरि नै यसको चर्चा बढाउनुपर्ने तर यो भाषा कहिल्यै मर्दैन ।त्यसैले यसको लोकप्रियता बढदै गएको प्रमुख अतिथि सिँहले बताउनुभयो ।यस्ता सराहनीय काम गर्दै गएका अरु साहित्यकारको मनोबल मजबुत  बनाउन योजना बनाएर नै जानुपर्ने अावश्यता समेत रहेको प्रमुख अतिथि सिँहले बताउनुभयो ।भोजपुरी भाषा सबैको साझा भाषाको रुपमा रहेको र यसमा सबै प्रकारको गीत भएकाले यसको महत्त्व रहेको नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य एवम् साहित्यकार उमाशँकर द्विवेदी "दधिचि"ले बताउनुभयो ।सुरेन्द्रप्रसाद गिरी जीको लगन ,ईमानदारिताको जति बयान गरे कम हुने साहित्यकार दधिचीले बताउनुभयो ।कहाँ गइल उ दिन ,(भोजपुरी लघुकथा संग्रह )र सोन किरिनिया (भोजपुरी पध् संग्रह ) प्रकाशित गर्न अथक परिश्रमको फल भएको नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष एवम् साहित्यकार रामप्रसाद साहले बताउनुभयो ।बारा भोजपुरीकै गढ हो तर देवताल गाउँपालिकाले सराहनीय काम गरेकोले धन्यवादका पात्र समेत भएको साहित्यकार रामप्रसाद साहले बताउनुभयो।अाफूहरु  सानोमा  सँगै पढेको र अाफ्नो ठूलो दाइ सुरेन्द्र प्रसाद गिरीले साहित्य प्रति रुचि राख्नु हुन्थ्यो भने अाफू समाज सेवाप्रति बढी लक्षित हुने गरेको नेपाल शिक्षक युनियन बाराका पूर्व अध्यक्ष देवेन्द्र प्रसाद गिरीले बताउनुभयो ।मधेसकै माटोमा सिर्जित रचनाले वहाँको  चर्चा उचाइ सम्म पुगेको पुर्व शिक्षक युनियनका अध्यक्ष  गिरीले बताउनुभयो ।भारतीय साहित्यकार लटपट ब्रजेशले साहित्यकार सुरेन्द्र प्रसाद गिरी ,शलिन ,शान्त र अनुभवी कविको रुपमा ख्यातिप्राप्त गर्न सफल भएको बताउनुभयो ।वहाँले जुन किताब प्रकाशन गर्नु भो त्यो सदाका लागि अमर रहिरहेको बताउनुभयो ।साहित्यकारको धन भनेको कृति नै हो जुन वहाँले अाज भव्य समारोहको बिचमा मान ,सम्मान पाउनुभयो यो नै खुशी कुरा भएको भारतीय साहित्यकार लटपट ब्रजेशले बताउनुभयो ।साहित्यको सम्मान अाफैमा गौरवान्वित बिषय भएको वक्ताहरुले उक्त अवसर बताएका थिए ।अनेकन रचनाहरु वक्ताहरुले प्रस्तुत गरेका थिए ।४०० भन्दा बढी जनाको सहभागिता रहेको थियो ।विशिष्ट योगदान पुर्याएकालाई सम्मान समेत गरिएको थियो ।गाउँपालिका अध्यक्ष ,प्रमुख अतिथि लगायतबाट साहित्यकारहरु सम्मान समेत गरिएको थियो ।देवताल गाउँपालिकाका अधिकाँश शिक्षक ,बुद्धिजीवी ,नागरिक समाज ,समाजसेवी ,जनप्रतिनिधि ,नागरिक समाजका प्रतिनिधि ,पत्रकार ,सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो ।किताब प्रकाशनले अाफूलाई एक किसिमको छुट्टै अान्नद महशुस भएको सोन किरिनिया र कहाँ गईल उ दिनका लेखक सुरेन्द्र प्रसाद गिरीले बताउनुभयो ।शिक्षक पेशासँगै साहित्य जोडिएकोले यसमा  सानैदेखि रुचि समेत भएकाले अाज त्यो प्रतिफल बाहिर अाएको छ लेखक गिरीले बताउनुभयो ।कार्यक्रमको सञ्चालन शिवनारायण साहले गरेका थिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "बाराको देवताल गाउँपालिकामा सुरेन्द्र प्रसाद गिरीद्वारा लेखिएको भोजपुरी किताबको लोकार्पण समारोह भव्यताका साथ सम्पन्न "
"बाराको देवताल गाउँपालिकामा सुरेन्द्र प्रसाद गिरीद्वारा लेखिएको भोजपुरी किताबको लोकार्पण समारोह भव्यताका साथ सम्पन्न "
https://blogger.googleusercontent.com/img/a/AVvXsEhaD2UZmqBOs1rJJQPoYs_YakSULhMnVjK1oA1UM9FCmjsL_2laAEX-3prIo_nriBfl-lNzCodQ_Gl654eZAkMkc-PZgNpAjEgFOZzcAfpbensrpujYwNc_qkJ0O2WQyxsO8XtliSi9Z5U0pekASndBkLh7SwkmSL-1ban-fjOheyuIGhai_vsVgBQpqw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhaD2UZmqBOs1rJJQPoYs_YakSULhMnVjK1oA1UM9FCmjsL_2laAEX-3prIo_nriBfl-lNzCodQ_Gl654eZAkMkc-PZgNpAjEgFOZzcAfpbensrpujYwNc_qkJ0O2WQyxsO8XtliSi9Z5U0pekASndBkLh7SwkmSL-1ban-fjOheyuIGhai_vsVgBQpqw=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_63.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_63.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content