Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

चिसोमा वृद्धवृद्धालाई महानगर प्रमुख सरावगीको साथ

वीरगंज, २२ पुस । चिसोबाट प्रभावित वृद्धवृद्धाहरूलाई वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले साथ दिनु भएको छ । चिसोले कठांग्रिएर...


वीरगंज, २२ पुस । चिसोबाट प्रभावित वृद्धवृद्धाहरूलाई वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले साथ दिनु भएको छ । चिसोले कठांग्रिएर जनजीवन कष्टकर भइरहेको अवस्थामा वृद्धवृद्धाहरूलाई वीरगंज माहानगरपालिकाको जनकल्याणकारी योजना ल्याएर वृद्धवृद्धाहरूलाई महानगर प्रमुख सरावगीले साथ दिनुभएको हो । योजना अन्तर्गत माहानगरका ३२ वटै वडाका ज्येष्ठ नागरिकहरूलाई प्रतिव्यक्ति एक थान कम्बल, एकथान झुल, एकथान छाता र एकथान टर्च वितरण अभियानलाई निरन्तरता दिनुभएको छ । पुस १७ गते वडा नम्बर १४ बाट शुरू गरेको कम्बल वितरण अभियान अन्तर्गत बिहीवार वडा नम्बर ५, ८, १३, १५ र १६ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कम्बल सहितको सामग्री वितरण गर्नुभएको छ । महानगरपालिकाले जनकल्याणकारी योजना अन्तर्गत महानगरभित्रका करिब ६ हजार ज्येष्ठ नागरिकहरूलाई न्यानो पार्ने कम्बल तथा अन्य आवश्यक सामग्रीहरू बितरण गर्ने योजना रहेको महानगर प्रमुख सरावगीले बताउनुभयो । यसैबीच महानगरपालिकाले चिसोबाट प्रभावित सर्वसाधारणका लागि सार्वजनिक स्थानमा आगो ताप्ने व्यावस्था समेत गरेको छ । महानगरपालिकाले प्रत्येक चोकमा आगो ताप्ने व्यावस्थाका लागि दाउराको व्यावस्था गरेको हो । डिभिजन वन कार्यालय पर्साबाट दाउरा खरिद गरेर ल्याई आजबाट दाउरा समेत वितरण शुरू गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले पर्याप्त दाउराको माग गरेपनि डिभिजन वन कार्यालयले महानगरपालिकालाई पर्याप्त दाउरा उपलब्ध नगराएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content