Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बीरगंजमा मास्क नलगाई हिँड्ने १ सय ५० जनाभन्दा बढीलाई कारबाही

बीरगंज   । स्थानी य प्रशासनले कोरोना संक्रमण नियन्त्रणका लागि मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही सुरु गरेको छ ।  आज बिहान वीरगंजमा मास्...

बीरगंज   । स्थानी य प्रशासनले कोरोना संक्रमण नियन्त्रणका लागि मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही सुरु गरेको छ । 

आज बिहान वीरगंजमा मास्क नलगाई हिँड्ने १ सय ५० जनाभन्दा बढी व्यक्तिलाई जनही सय रुपैयाँको दरले जरिवाना गरिएको पर्साका सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । 

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै वीरगञ्जमा थप कडाइ गरिएको हो । 

प्रदेश नम्बर २ को एक मात्र महानगर समेत रहेको वीरगञ्जमा मास्क नलगाई हिँड्न प्रतिबन्ध लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले मास्कलाई अनिवार्य गर्दै नलगाउनेसँग जरिवाना लिन थालेपछि आज वीरगंज बजारमा मास्क नलगाई हिँड्नेको सङ्ख्या न्यून रहेको थियो । 

बढ्दो कोरोना सङ्क्रमणको दरले अवस्था थप संवेदनशील बनाउन लागेपछि सार्वजनिक स्थल र बजारमा आजदेखि मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

पछिल्लो समय कोरोनाको जोखिमलाई हेलचेक्रयाईं गरी मास्क नलगाई हिँडडुल गर्नेको सङ्ख्या बढ्दै गएपछि प्रशासनले कडा कदम चालेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो । 

साथै, पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न निर्देशन दिइएको छ । 

प्रशासनको अभियानलाई नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, ग्रिन सिटी सामुदायिक केन्द्र लगायतका सङ्घ संस्थाहरूले सहयोग गरेका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content