Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नारायणी अस्पतालमा आज थप एक सङ्क्रमितको मृत्यु, २६ जनामा संक्रमण पुष्टि

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना सङ्क्रमितको आज दिउसो उपचारको क्रममा मृत्यु भएको छ ।  नारायणी...

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना सङ्क्रमितको आज दिउसो उपचारको क्रममा मृत्यु भएको छ । 

नारायणी अस्पतालमा भर्ना भएका रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ निवासी  ७७ वर्षीय कोरोना संक्रमित पुरुषको नारायणी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको अपतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

उच्च ज्वरो, रुघाखोकी निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालमा गत माघ ११ गते  भर्ना भएका पुरुषको माघ १४ गते एन्टिजेन परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकले कोरोना संक्रमण विरुद्धको कुनै पनि खोप नलगाएको पारिवारिक श्रोतले जनाएको छ । 

कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएसँगै १० दिन यता वीरगंजमा आजको घटना सहित ७ जना सङ्क्रमितको मृत्यु भएको छ । 

हाल नारायणी अस्पतालमा १३ जना कोरोना सङ्क्रमितको आइसियुमा उपचार भइरहेको छ । जसमध्ये ७ जना सङ्क्रमितको अवस्था गम्भीर रहेको नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताउनुभयो । 

वीरगंजमा मृत्यु भएका ७ जनाको अध्ययन गर्दा कोरोना संक्रमण सँगै पुरानो रोगको कारण बिरामीहरू सिकिस्त बनी अस्पताल आउने गरेको र दम, मधुमेह, उच्च रक्तचापका बिरामीहरूको मृत्यु भएको डा.सिंहले बताउनु भयो । 

यसैबीच वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको क्रममा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

अस्पतालले आज बिहान सार्वजनिक गरेको पिसिआर परीक्षणको रिपोर्ट अनुसार ६५ जनाको परीक्षण भएकोमा २६ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताउनुभयो । 

संक्रमित मध्ये १७ जना पुरुष र ९ जना महिला रहेका छन् । सङ्क्रमितको उमेर समूह २२ देखि ७० बर्ष सम्म रहेको डा. सिंहले बताउनुभयो । 

यसैगरी संक्रमित हुनेहरू मध्ये पर्साका १९, बाराका ५, रौतहट १, सर्लाही १ र धनुषाका १ जना रहेको डा. सिंहले जानकारी दिनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content