स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण

SHARE:


वीरगञ्ज । 
नारायणी अस्पतालको प्रयोगशालाले वीरगंजमा कोरोना संक्रमितहरु बढेको बताएको छ । 
पुस १३ गते वीरगञ्जमा १४ जनाको पीसीआर परीक्षण गर्दा थप एक जनामा संक्रमण देखियो । पुस १६ र १९ गते गरिएको पीसीआर परीक्षण रिपोर्टले चिकित्सकहरूलाई समेत झस्काएको छ । पुस १६ गते २२ जना र १९ गते २४ जनामा पीसीआर परीक्षण गर्दा ३र३ जनामा संक्रमण देखिएको छ ।
१६ गते संक्रमण पुष्टी भएका तीनै जना भारतको दिल्ली पुगेर फर्केका थिए । दुवै मात्रा खोप लगाइसकेका उनीहरूको अवस्था सामान्य छ ।
वीरगञ्जसँग सीमा जोडिएको बिहारमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ । बिहीवारदेखि लागु हुनेगरी प्रि स्कूल र कक्षा १ देखि ८ सम्म अनलाइनमार्पmत पढाउन भनिएको छ । कक्षा ९ देखि १२ सम्म ५० प्रतिशतको सहभागीतामा पढाउन, सिनेमा हलमा ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न र बिहेमा पनि सहभागी हुनेहरूको संख्या घटाउन भनिएको छ ।
खतराको संकेत
प्रमुख भाइरोलोजिष्ट डा. प्रभाकर पाण्डे पछिल्लो दुर्ई पटकको रिपोर्टले खतराको संकेत गरेको बताउँछन् । 'संक्रमण शून्यजस्तै थियो, छिटपुट एक जनामा कहिलेकाहीँ संक्रमण भेटिन्थ्यो, दुर्ईपटक पीसीआर गराएकामध्ये १३ प्रतिशतमा संक्रमण देखिएको छ । ६ प्रतिशत भन्दा माथि संक्रमण देखिनुलाई राम्रो मान्न सकिन्न' उनले भने ।
वीरगञ्ज क्षेत्रमा भेटिएका भेरियन्टवारे बुझ्न वीरगञ्ज–रक्सौल नाकामा पोजेटिभ आएकाहरूको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने तयारी भइरहेको उनले बताए । 'कुन भेरियन्टको संक्रमण हो भनेर यहाँबाट भन्न सकिन्न, यहाँ पोजेटिभ देखिएकाहरूको नमुना परीक्षणका लागि टेकु पठाउँदैछौं' डा. पाण्डेले भने ।
वीरगञ्जमा कोरोना संक्रमण घटेपछि मास्क लगाउँने, सामाजिक दुरी कायम गर्नेजस्ता सावधानी अपनाउन छोडिएको छ । यस्तो लापरबाहीले कोरोना संक्रमण फैलन मद्धत गरेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह बताउँछन् ।
'सामान्य रूघाखोकी, ज्वरोको लक्षण देखिएकाको पीसीआर परीक्षण गराउँदा पनि पोजेटिभ आएको छ । कतिपय जोखिम क्षेत्रमा पुगेर आएकामा संक्रमण देखिएको छ' डा. सिंहले भने 'हामीले कोरोनामैत्री व्यवहार त्याग्नुपर्छ, नत्र संक्रमण भुसको आगो जसरी फैलन सक्छ ।'
वीरगञ्ज भन्सार कार्यालय यात्री शाखाका अनुसार पुस ११ गतेदेखि १७ गतेसम्म नयाँ वर्षको आसपासमा एक हजार तीन सय ८६ वटा सवारी साधन भित्रिएका थिए । वीरगञ्जको मुख्य नाकाबाहेकका अन्य नाकाबाट समेत भारतीय सवारी साधन लुकीछिपी आउने गरेका छन् ।
नयाँ वर्षमा भारतबाट नेपाल आएकमध्ये ५ प्रतिशतमा मात्रै संक्रमण रहेछ भनेपनि त्यसले वीरगजमा संक्रमण बढाउने नारायणी अस्पतालको इमर्जेन्सी विभाग प्रमुखसमेत रहेका डा. सिंहको विश्लेषण छ ।
मुख्य नाकाबाटै छ संक्रमण भित्रिने जोखिम
वीरगञ्ज नाकाबाट दैनिक हजारौंको संख्यामा मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् । भारतको बिहार राज्यबाट मात्रै होइन, अन्य राज्यबाट समेत दुवै देशका सर्वसाधारण नेपाल भारत ओहोर दोहोर गरिरहन्छन् । नाकामा एक जना चिकित्सकसहितको हेल्थ डेस्क भएपनि सबैको चेकजाँच गर्न मुश्किल छ ।
नाका हुँदै आउने मानिसहरूले खोप लगाए नलगाएको, पीसीआर गराएको वा नगराएको जाँच गर्न जनशक्ति अपुग छ । भारतीय नागरिकले नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाण लिएर आउनुपर्ने भनिएपनि त्यो कार्यान्वयनमा छैन । नाकामा सीमित संख्यामा गरिने एन्टिजेन परीक्षणका क्रममा दैनिक संक्रमित भेटिने गरेको नाकामा खटिएका स्वास्थ्यकर्मीहरू बताउँछन् ।
हेल्थ डेस्कमा खटिएका हेल्थ असिस्टेन्ट सनिउल्लाह हवारीका अनुसार पुस ८ गतेदेखि २० गतेसम्म भारतबाट आएकामध्ये १८ जनामा संक्रमण देखिएको छ । दुर्ई जनाबाहेक अन्य सबै भारतीय नागरिक हुन् । दिल्ली, बंगाल, मोतिहारी, बिहारबाट आएका मानिसमा संक्रमण देखिएको उनले बताए ।
नाकामा पछिल्ला दिनमा दैनिक दुर्ई सय हाराहारीमा एन्टिजेन परीक्षण भइरहेको छ । संक्रमण पुष्टी भएका भारतीय नागरिकलाई उतै फकाइने गरिएको छ । 'कोरोना महामारीले यतिधेरै क्षति पु¥याइसकेको भएपनि मानिसहरू सचेत छैनन, पीसीआर गराएर आउँदैनन, भ्याक्सिन लगाउँने त परको कुरा मास्क पनि लगाएका हुँदैनन' उनले भने 'परीक्षण गर्न पनि आनाकानी गर्ने समस्या छ ।'
भारतको बिहार लगायत राज्यमा कोरोना संक्रमण तीव्र फैलिएकाले वीरगञ्ज नाका हुँदै भित्रिने सबैको कोरोना परीक्षण अनिवार्य गर्न सरकारले आवश्यक व्यवस्थापन गरिदिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण
वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiRIi1Ko8XvzokEeIY1iALxXbN3gHj4uZ_en5l9DtEaRHZoUYx5hTWoxCtotEcsCTI5EmvmrYW_zmd5489DODr-RkSeqFxBki4GF3gSDY2TvyauK5PdhTGoxrcUYeDC-DeZgBYWU-oBZZlu/s320/joro-735248-703391-761460-796472.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiRIi1Ko8XvzokEeIY1iALxXbN3gHj4uZ_en5l9DtEaRHZoUYx5hTWoxCtotEcsCTI5EmvmrYW_zmd5489DODr-RkSeqFxBki4GF3gSDY2TvyauK5PdhTGoxrcUYeDC-DeZgBYWU-oBZZlu/s72-c/joro-735248-703391-761460-796472.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_28.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_28.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content