Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"बाराको सुवर्ण गाउँपालिका -४ मा रहेको श्री सेमरमाई कृषि सहकारी संस्थाबाट सहुलियतमा खाध वितरण "

श्री गढीमाई संवाददाता  कलैया ,बारा  तराई /मधेसको जिल्लामा रासायनिक मलको अभाव भईरहेको बेला अधिकाँश सहकारीले सहुलियतमै रासायनिक वितरण गरिरहेका...

श्री गढीमाई संवाददाता 
कलैया ,बारा 
तराई /मधेसको जिल्लामा रासायनिक मलको अभाव भईरहेको बेला अधिकाँश सहकारीले सहुलियतमै रासायनिक वितरण गरिरहेका छन् । जिल्लाको १८ कार्यालय पालिकामा राखेसँगै जिल्ला डिभिजन कार्यालय पनि स्थानीय तहमा राखेका छन् ।स्थानीय तहमा यति धेरै झमेला भईसकेको छ कि सहकारी सम्बन्धि जानकारी भएका कर्मचारी नै छैन ,त्यसमा पनि पालिका उपाध्यक्ष /उप -मेयरको संयोजकत्वमा रासायनिक मल व्यवस्थापन समिति बनाउन निर्देशिकाले जनता झन् मारमा परेका छन् ।यहीँ सबै झमेलाको बिच बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दियामा रहेको श्री सेमरमाई कृषि सहकारी संस्था लिमिटेडले सहुलियतमा खाध वितरण गर्दै अाएका छन् ।सुवर्ण गाउँपालिकामा रहेको विभिन्न सहकारी मध्ये श्री सेमरमाई सहकारी संस्थाले सराहनीय काम गर्दै अाएको हर्दियाका स्थानीयबासीले बताएका छन् ।वि.सं.२०६८ साल देखि निरन्तररुपले श्री सेमरमाई कृषि सहकारी संस्थाले सेवा दिदै अाएका छन् ।अाफ्ना शेयर सदस्य देखि लिएर अाम किसान सम्म रासायनिक मल बाहेक पनि बीउ ,बिजन लगायतको सेवा दिदै अाएको श्री सेमरमाई सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोककुमार यादवले बताउनुभयो ।नागरिकमुखि भएर श्री सेमर कृषि सहकारी संस्थाले काम गर्दे अाएको छ ,विगत एक दशक देखि नै निरन्तर रुपले किसानको मर्म बुझेर संस्था अगाडि समेत बढेको यादवले बताउनुभयो ।डि.ए.पी .को हाहाकार छ ,तर पनि कृषि सामाग्री कम्पनी लिमिटेड ,साल्ट ट्रेडिङले यूरिया दई रहेकोमा अाम किसान मर्कामा परेका छन् ,यसमा सहकारीको केही भूमि नभई जसरी कम्पनी त्यसरी नै अाफ्नो वडामा खाध वितरण गरिरहेको शेख कमरुदिन मियाँले बताउनुभयो ।यूरिया नै भएपनि राहत मिलेको स्थानीय किसान मियाँको भनाइ रहेको छ ।सहकारी संस्था भनेको श्री सेमरमाई जस्तो हुनुपर्यो जसले गोदाम नराखि ट्रेक्टरबाट नै जनतालाई भ्यासम्म वितरण गरिरहेको अर्का किसान जगरनाथ प्रसाद यादवले बताउनुभयो ।रासायनिक मलको भाव अाकासिएको बेला यसरी सहुलियतमा पाउनु खुशी कुराको भएको स्थानीय किसान यादवले बताउनुभयो ।सधैंभरि प्रणाली बनाइ नै काम गरेकोले एक दशक देखि किसानको माँझमा लोकप्रिय संस्थाको रुपमा अाएको स्थानीय किसानहरुले बताएका छन् ।बाराको १६ पालिका मध्ये सुवर्ण गाउँपालिकाको अधिकाँश किसानले सहज ढंगले रासायनिक पाईरहेको यस क्षेत्रका जानकारहरुले बताएका छन्  ।विगत लामो समय देखि श्री सेमरमाई कृषि सहकारी संस्थाले हर्दिया ,प्रशुरामपुर लगायतका स्थानीय किसानलाई सेवा दिदै अाएका छन् ।सबैको रोजाइ ,राम्रो काम गर्नेलाई देउ बधाई भन्ने भावनाका साथ संस्थाले काम गरेको श्री सेमरमाई कृषि सहकारी संस्था लिमिटेडले जानकारी दिएका छन् ।संस्थाको सेवाबाट अधिकाँश सेवाग्राही लाभान्वित भईसकेको स्थानीय समाजसेवीहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content