श्री गढीमाई संवाददाता
कलैया ,बारा
तराई /मधेसको जिल्लामा रासायनिक मलको अभाव भईरहेको बेला अधिकाँश सहकारीले सहुलियतमै रासायनिक वितरण गरिरहेका छन् । जिल्लाको १८ कार्यालय पालिकामा राखेसँगै जिल्ला डिभिजन कार्यालय पनि स्थानीय तहमा राखेका छन् ।स्थानीय तहमा यति धेरै झमेला भईसकेको छ कि सहकारी सम्बन्धि जानकारी भएका कर्मचारी नै छैन ,त्यसमा पनि पालिका उपाध्यक्ष /उप -मेयरको संयोजकत्वमा रासायनिक मल व्यवस्थापन समिति बनाउन निर्देशिकाले जनता झन् मारमा परेका छन् ।यहीँ सबै झमेलाको बिच बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दियामा रहेको श्री सेमरमाई कृषि सहकारी संस्था लिमिटेडले सहुलियतमा खाध वितरण गर्दै अाएका छन् ।सुवर्ण गाउँपालिकामा रहेको विभिन्न सहकारी मध्ये श्री सेमरमाई सहकारी संस्थाले सराहनीय काम गर्दै अाएको हर्दियाका स्थानीयबासीले बताएका छन् ।वि.सं.२०६८ साल देखि निरन्तररुपले श्री सेमरमाई कृषि सहकारी संस्थाले सेवा दिदै अाएका छन् ।अाफ्ना शेयर सदस्य देखि लिएर अाम किसान सम्म रासायनिक मल बाहेक पनि बीउ ,बिजन लगायतको सेवा दिदै अाएको श्री सेमरमाई सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोककुमार यादवले बताउनुभयो ।नागरिकमुखि भएर श्री सेमर कृषि सहकारी संस्थाले काम गर्दे अाएको छ ,विगत एक दशक देखि नै निरन्तर रुपले किसानको मर्म बुझेर संस्था अगाडि समेत बढेको यादवले बताउनुभयो ।डि.ए.पी .को हाहाकार छ ,तर पनि कृषि सामाग्री कम्पनी लिमिटेड ,साल्ट ट्रेडिङले यूरिया दई रहेकोमा अाम किसान मर्कामा परेका छन् ,यसमा सहकारीको केही भूमि नभई जसरी कम्पनी त्यसरी नै अाफ्नो वडामा खाध वितरण गरिरहेको शेख कमरुदिन मियाँले बताउनुभयो ।यूरिया नै भएपनि राहत मिलेको स्थानीय किसान मियाँको भनाइ रहेको छ ।सहकारी संस्था भनेको श्री सेमरमाई जस्तो हुनुपर्यो जसले गोदाम नराखि ट्रेक्टरबाट नै जनतालाई भ्यासम्म वितरण गरिरहेको अर्का किसान जगरनाथ प्रसाद यादवले बताउनुभयो ।रासायनिक मलको भाव अाकासिएको बेला यसरी सहुलियतमा पाउनु खुशी कुराको भएको स्थानीय किसान यादवले बताउनुभयो ।सधैंभरि प्रणाली बनाइ नै काम गरेकोले एक दशक देखि किसानको माँझमा लोकप्रिय संस्थाको रुपमा अाएको स्थानीय किसानहरुले बताएका छन् ।बाराको १६ पालिका मध्ये सुवर्ण गाउँपालिकाको अधिकाँश किसानले सहज ढंगले रासायनिक पाईरहेको यस क्षेत्रका जानकारहरुले बताएका छन् ।विगत लामो समय देखि श्री सेमरमाई कृषि सहकारी संस्थाले हर्दिया ,प्रशुरामपुर लगायतका स्थानीय किसानलाई सेवा दिदै अाएका छन् ।सबैको रोजाइ ,राम्रो काम गर्नेलाई देउ बधाई भन्ने भावनाका साथ संस्थाले काम गरेको श्री सेमरमाई कृषि सहकारी संस्था लिमिटेडले जानकारी दिएका छन् ।संस्थाको सेवाबाट अधिकाँश सेवाग्राही लाभान्वित भईसकेको स्थानीय समाजसेवीहरुले बताएका छन् ।
प्रतिक्रिया