Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

उपत्यकामा कोरोना खोपको पहिलो डोज लगाइँदै

२३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जा...

२३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचना अनुसार एक डोज पनि खोप नलगाएका काठमाडौं, ललितपुर र भक्तपुरका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने भएको छ ।

कोरोना भाइरसको जोखिम कम गर्नका लागि कोभिड–१९ विरुद्धको खोप लगाउनु आवश्यक रहेको भन्दै मन्त्रालयले १८ वर्षभन्दा माथिका खोप नलगाएका सबै नागरिकलाई तोकिएका खोप केन्द्रहरुमा गएर छिटोभन्दा छिटो खोप लगाउन अनुरोध गरेको छ ।

काठमाडौं जिल्लाको हकमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वयोधा अस्पताल बल्खु, परोपकार प्रसुतीगृह तथा सत्रीरोग अस्पताल थापाथली, निजामति कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलिक्लिनिक जडीबुटी कोटेश्वरमा खोप केन्द्र तोकिएको छ ।

मन्त्रालयका अनुसार ललितपुर महानगरपालिकामा पाटन अस्पताल, छवा बहाल जनस्वास्थ्य शाखा र सैबु स्वास्थ्य चौकीमा खोप दिइने छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभु प्राथमिक स्वास्थ्य केन्द्र र इमाडोल स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिनेछ । यस्तै गोदावरी नगरपालिकाको बज्रबराही चापागाउँ अस्पताल, बडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र र लेले प्राथमिक स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सकिनेछ । ललितपुरकै बागमती गाउँपालिकाको भट्ट्डाँडा स्वास्थ्य चौकी, कोन्जोसोम गाउँपालिकाको चौघरे स्वास्थ्य चौकी र महांकाल गाउँपालिकाको गोटीखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

काठमाडौं र ललितुपरका खोप केन्द्रमा बिदाको दिनबाहेक बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खोप लगाइने छ ।

यस्तै भक्तपुरमा नेपाल कोरिया मेत्री नगरपालिका अस्पताल थिमिमा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म र ख्वप अस्पताल च्यामसिंह भक्तपुरमा विदाको दिनबाहेक प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म खोप दिइने मन्त्रालयले जनाएको छ ।

भक्तपुर जिल्लामा तोकिएका खोप केन्द्रमा गर्भवती भएको तीन महिना नाघेका महिलाहरुका लागि समेत कोभिड खोप लगाउने व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।

खोप केन्द्रहरुमा कोभिशिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको खोप उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् मन्त्रालयको सूचनाः



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content