Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

रानीपोखरीमा फर्कियो गोलपाटी, सेरोफेरो पनि मल्लकालीन

२३ मंसीर, काठमाडौं । शान्तिबाटिकामा रहेको नेता गणेशमान सिंहको सालिकसँगै गोलाकार फल्चा बनाइरहेका श्रमिकहरुलाई एकछिन फुर्सद छैन । यसअघि रानीपो...

२३ मंसीर, काठमाडौं । शान्तिबाटिकामा रहेको नेता गणेशमान सिंहको सालिकसँगै गोलाकार फल्चा बनाइरहेका श्रमिकहरुलाई एकछिन फुर्सद छैन । यसअघि रानीपोखरी आसपास नदेखिएको फल्चा किन बनाइँदैछ भन्ने जानकारी उनीहरुलाई छैन ।

यो देख्दा नयाँ पुस्ताका मान्छेलाई त नयाँ संरचना थपियो कि भन्ने पनि लाग्न सक्छ । जमलका ९२ वर्षीय राममान नेवार भने यो संरचना बन्न लागेको सुनेर खुशी छन् ।

‘हामी सनोमा कसैलाई भेट्न बोलाउनु परे ‘चाक्ला फल्चा’मा आऊ भन्थ्यौं’ उनी भन्छन्, ‘ज्यादै पुरानो भएर भत्किएपछि त्यो फल्चा बनेन, बरु नेताको सालिक बन्यो । अहिले सालिकसँगै फल्चा पनि बनाउँदैछन् भन्ने सुनेर खुशी लागेको छ ।’

फल्चाको पुनर्निर्माण हात्ती चढेको प्रताप मल्लको मूर्तिभन्दा पछाडि हुँदैछ, जहाँ यो पहिले थियो । रानीपोखरीको हिस्साकै रुपमा थियो मल्लकालीन चाक्ला फाल्चा । त्यसलाई स्थानीयले ‘गोलपाटी’को नामले पनि चिन्थे । विभिन्न समयमा खिचिएका तस्वीरमा यो पाटी देखिन्छ ।

उपत्यका ‘आधुनिक’ बन्दै जाँदा यो पाटी हरायो । पाका स्थानीय र सम्पदाविज्ञहरुले यसबारे ध्यानाकर्षण गराउँदै आएका थिए । त्यसैको परिणाम भन्नुपर्छ, आजकल रानीपोखरी वरपर निर्माण मजदूरलाई भ्याईनभ्याई छ । योजनाअनुसार काम सकियो भने आगामी पुस ९ गते सम्ममा रानीपोखरी वरपरको क्षेत्र थप सुन्दर बन्नेछ ।

हुन त १२ वैशाख २०७२ को महाभूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले ५ कात्तिक २०७७ मै गरिसकेकी छन् ।

अहिले पुनर्निर्माण प्राधिकरण रानीपोखरी वरपरको क्षेत्रलाई पनि मल्लकालीन शैलीमा ढाल्ने गरी दोस्रो चरणमा काम गर्दैछ । यो चरणमा शान्तिवाटिका र जमल क्षेत्र पनि समेटिएको छ ।

प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालका अनुसार दोस्रो चरणको काम पनि सकिन लाग्दैछ । आगामी पुस ९ गते प्राधिकरण नै विघटन हुने भएकाले त्यसअघि नै काम सक्ने योजना रहेको उनले सुनाए ।

‘पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, सम्पदा संरक्षण अभियन्ता र स्थानीयवासीको सल्लाहअनुसार हामीले गरेको डिजाइनमा रानीपोखरी थप सुन्दर बन्दैछ’, अर्याल भन्छन् ।

यो काम सकेपछि जमलको विश्वज्योति हलअघि आकाशेपुलसँगै रानीपोखरीको नयाँ प्रवेशद्वार तयार हुनेछ । सडकपेटी समेत गाभेर सो ठाउँमा रानीपोखरीको आँगन तयार हुँदैछ ।

प्रवेशद्वार काठमाडौंको परम्परागत घर र पाटीको शैलीमा बन्दैछ । काठ र इँटाको प्रवेशद्वारका दुवैतर्फ फल्चा पनि बन्नेछ । प्राधिकरणका सहसचिव अर्यालका अनुसार प्रवेशद्वारको संरचनाहरुले उपत्यकाको अर्को पुरानो वस्ती खोकनाको पनि झल्को दिनेछ ।

‘रानीपोखरी उत्तरको जगतनारायण मन्दिरसहित अहिले दक्षिणतिरबाट हेर्दा नदेखिने संरचनाहरुलाई पनि रानीपोखरीको ‘भ्यू’मा अटाउने डिजाइनमा काम हुँदैछ’ अर्याल भन्छन्, ‘चाँगुनारायणको कलश जात्रासँग जोडिएको यो मन्दिरको पनि पुरानै शैलीमा पुनर्निर्माण हुँदैछ । सोही स्थानमा ढुंगेधारा पनि तयार गरिंदैछ ।’

पहिले कानून पुस्तकालय रहेको रानीपोखरीसँगैको भवनलाई रेट्रोफिट गरिएको छ । यो भवनलाई रानीपोखरी पुनर्निर्माणका क्रममा भेटिएका पुरातात्विक वस्तुहरुको संग्रहालय बनाउने योजना छ ।

रानीपोखरी दक्षिणतर्फको शान्तिबाटिकाले पनि नयाँ स्वरुप पाउँदैछ । साढे ६ रोपनीमा फैलिएको यो बाटिकामा दूबो रोपिंदैछ । रानीपोखरीको आडैमा प्रहरी कार्यालयसँगै नयाँ पाटी बन्दैछ ।

रानीपोखरी घुम्न आएकाहरुलाई आराम गर्न र घामपानी छल्न पनि सहज होस् भनेर पाटी बनाइएको सहसचिव पौडेलले बताए । ‘सबै संरचनाको डिजाइन पुराना तस्वीरहरुका आधारमा गरिएको हो’ उनले भने, ‘रानीपोखरीको सेरेफेरोलाई सम्भव भएसम्म हिजोकै अवस्थामा फर्काउने प्रयत्न भएको छ ।’

‘ग्रेटर टुँडिखेल’को अवधारणामा काम भए रानीपोखरीलाई परम्परागत पोखरीकै स्वरुपमा फर्काउन थप सहयोग पुग्ने पौडेल बताउँछन् । अहिले चाहिं विघटन हुनुअघि पुनर्निर्माण प्राधिकरणले आफ्नो काम सकेर रानीपोखरी काठमाडौं महानगरलाई हस्तान्तरण गर्नेछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content