Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सकियो चतुर्मास, विवाह-व्रतबन्धको सिजन शुरु

२९ कात्तिक, काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सम्पन्न भएको छ । भगवान् विष्णु क्षीर सागरमा सुतेको बेला अर्थात् च...

२९ कात्तिक, काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सम्पन्न भएको छ । भगवान् विष्णु क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमासभर विवाह, व्रतबन्ध जस्ता कुनैपनि मांगलिक कार्य गरिँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीपछि मात्र मंगल लगन तथा मुहूर्त हेरी यस्ता शुभकार्य गरिन्छ ।

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रूपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । यो एकादशीको महत्वको बारेमा भविष्य पुराणमा उल्लेख छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेषनारायणमा विशेष मेला लाग्छ ।

महाभारतमा कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिन व्रत बसेका थिए भन्ने उल्लेख छ । त्यसैलै अरू दिनमा व्रत बस्न नसक्नेहरूले समेत ठूलो एकादशीको दिनमा भने व्रत बस्नुपर्छ भन्ने मान्यता छ ।

तुलसीको विवाह

हरिबोधनी एकादशीको दिन घरअघिको मठ सिँगारेर विशेष पूजा गरी विष्णुको अर्को रूप पिपलसँग विवाह गरिदिने परम्परा पनि छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै यसको विसर्जन गरिन्छ । हरिबोधनी एकादशीको दिन प्रसादको रूपमा विशेषगरी सखरखण्ड, पिँडालुजस्ता कन्दमूल र फलफूल प्रसादको रूपमा खाने गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानिएको छ ।

२६ एकादशीको महत्व

सामान्यतया पञ्चाङ्गले एक महिनामा दुईवटा एकादशीको व्यवस्था गरेको छ । एकादशीमा उपवास बस्नेहरु हरेक महिनामा दुई दिन नून र बिटुलो अन्न नखाएर व्रत बस्ने गर्छन् । तर यही रितले हरेक वर्ष २४ वटा एकादशी र अधिकमास परेको बेलामा २६ वटासम्म एकादशी पर्ने गर्छ । तर यी २६ वटा एकादशीको महत्व के कस्तो हुन्छ त ?

पुराणका अनुसार एकादशी व्रत गर्ने व्यक्ति जीवनमा कहिले पनि संकटमा पर्दैन वा धन र समृद्धिको लागि एकादशी व्रत उपयोगी छ भन्ने धार्मिक मान्यता छ ।

हरेक महिना मनाइने भिन्दाभिन्दै एकादशीको अलगअलग लाभ देख्न सकिन्छ । व्यक्तिको स्वास्थ्य, योनी, राक्षस, प्रेतहरू आदिबाट मुक्ति, विभिन्न पापहरूबाट छुटकारा पाउनको लागि एकादशी व्रत लाभदायक रहेको धार्मिक मान्यता छ ।

चैतदेखि फागुनसम्म मनाइने विभिन्न एकादशीको महत्वलाई तल उल्लेख गरिएको छ ।

-कामदा र पापमोचन एकादशी चैत महिनामा पर्छ । कामदाबाट विभिन्न राक्षस आदिको योनीबाट छुट्कारा पाउनको लागि यो एकादशीमा व्रत बस्ने गरिन्छ । त्यस्तै, चैत महिनामा नै बसिने पापमोचन एकादशीमा छिटो पापबाट मुक्त हुनको लागि व्रत बस्ने गरिन्छ ।

-वैशाखमा वरुथिनी र मोहिनी एकादशीको व्रत बस्ने गरिन्छ । वरुथिनी राम्रो भाग्यदातृ हुन् भने उनले सबै पापबाट मान्छेलाई मुक्त गराउन पनि मद्दत गर्छिन् । मोहिनी एकादशीले मान्छेको विवाहबाट खुशी, समृद्धि र शान्ति प्रदान गर्दछ भन्ने धार्मिक मान्यता छ ।

-अपारा र निर्जला एकादशी जेठ महिनामा मनाउने गरिन्छ । अपरा एकादशीको उपवासले मानिसलाई असीम आनन्द दिन्छ र उसलाई सबै पापबाट मुक्ति दिन्छ भन्ने मान्यता छ । निर्जला भनेको पानीविना उपवास बस्ने एकादशी हो । यो एकादशी व्रतले सबै किसिको इच्छा पूर्ति हुन्छ भन्ने विश्वास लिइन्छ ।

-योगिनी र देवशायनी एकादशी असार महिनामा पर्छ । योगिनी एकादशीले सबै पापहरू हटाउँदै पारिवारिक आनन्द प्राप्त गर्न मद्दत गर्ने विश्वास छ ।

-कामिका र पुत्रदा एकादशी साउन महिनामा पर्छ । कामिका एकादशीको उपवासले जीवलाई सबै पापबाट मुक्त गरेर कुयोनी प्राप्त गर्न दिँदैन भन्ने धार्मिक मान्यता छ भने पुत्रदा एकादशीमा सन्तान खुशीको लागि व्रत बस्ने गरिन्छ ।

-भदौ महिनामा अजा र परिवर्तिनी एकादशी पर्छ । अजा एकादशीमा सन्तानको संकट समाधानको लागि व्रत बसिन्छ भने परिवर्तिनी एकादशीमा सबै दुःख नाश गर्न सकिन्छ भन्ने मान्यता छ ।

-इन्दिरा र पापांकुषा एकादशी आश्विन महिनामा पर्छ । इन्दिरा एकादशीमा पितृऋणबाट मुक्त हुन र पूर्खाको सत्गतिको लागि व्रत बस्ने गरिन्छ । पापांकुषा एकादशीमा पापबाट मुक्ति पाउनकै लागि व्रत बसिन्छ ।

-रमा र प्रबोधिनी एकादशी कात्तिक महिनामा पर्ने गर्छ । रमा एकादशीमा आनन्द र ऐश्वर्यको लागि व्रत बस्ने गरिन्छ भने प्रबोधिनी वा हरिबोधनी एकादशी उपवासले भाग्य चम्काउन मद्दत मिल्ने धार्मिक मान्यता छ । यस दिन तुलसी पूजा पनि गरिन्छ ।

-मंसिरमा उत्पन्ना र मोक्षदा एकादशी मनाउने गरिन्छ । उत्पन्ना एकादशीमा व्रत बस्दा हजारौं वाजपेयी र अश्वमेध यज्ञ गरेको नतिजा मिल्छ । यसले देवता र पूर्खाहरूलाई सन्तुष्ट तुल्याउँछ । मोक्षदा एकादशी नामैले एक मुक्तिको नाम हो ।

-सफला र पुत्रदा एकादशी पुस महिनामा आउँछ । सफला एकादशीमा सफलता प्राप्तिको लागि व्रत बस्ने गरिन्छ भने सन्तान प्राप्तिको लागि पुत्रदा एकादशीको व्रत बस्ने गरिन्छ ।

-षट्तिला र जया एकादशी माघ महिनामा मनाउने गरिन्छ । षट्तिला एकादशीको उपवास दुर्भाग्य, गरिबी र धेरै प्रकारका दुःखबाट मुक्ति पाउन गर्ने गरिन्छ भने जया एकादशीको उपवास विभिन्न किसिमको पापबाट मुक्ति पाउनको लागि गरिन्छ ।

-फागुन महिनामा विजया र अमलाकी एकादशीको व्रत बस्ने गरिन्छ । विजया एकादशीको व्रतले भयंकर समस्याबाट छुटकारा पाउन सकिन्छ भने शत्रु नाश गर्न पनि मद्दत गर्छ भन्ने मान्यता छ । अमलाकी एकादशीमा भने सबै प्रकारका रोगबाट मुक्ति पाउनको लागि व्रत बस्ने गरिन्छ ।

यसबाहेक अधिकमासमा थप दुई एकादशीहरु पर्ने गर्छन् । पद्मिनी (कमला) र परमा एकादशी अधिकमासका एकादशीहरु हुन् । पद्मिनी एकादशीको उपवास सन्तानको कीर्ति र मुक्तिको लागि मद्दत गर्छ भन्ने विश्वास छ भने परमा एकादशीले धन र सम्पन्नता प्रदान गर्छ र पापहरूलाई नष्ट गर्न पनि राम्रो हुन्छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content