Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बन्दको परवाह नगर्ने कर्मठ टेम्पो चालकहरू

३० कात्तिक, काठमाडौं । मंगलबार मध्यान्ह १२ बजे न्यूरोड गेटअगाडि टेम्पो रोकेर हट केसबाट खाना खाइरहेका भेटिए, राजु गौतम । बिहानैदेखि यात्रु ओस...

३० कात्तिक, काठमाडौं । मंगलबार मध्यान्ह १२ बजे न्यूरोड गेटअगाडि टेम्पो रोकेर हट केसबाट खाना खाइरहेका भेटिए, राजु गौतम । बिहानैदेखि यात्रु ओसारपसार गरेर फुर्सद नपाएका उनले टेम्पोभित्रै बसेर खाना खाइरहेको देख्दा वरिपरिका यात्रुहरू समेत दंग परे ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण मंगलबार बिहानैदेखि राजधानीको सवारी प्रभावित थियो । बस, माइक्रो तथा मिनिबस नचलेको अवस्थामा बिहान ८ बजेदेपिख नै टेम्पो चालकहरू भने सडकमा निस्किए । आफ्नो रुट परेको स्थानबाट यात्रु चढाउन र ओराल्न थाले ।

मध्यान्हदेखि मात्र साझा बसले यात्रु ओसार पसार सुरु गर्‍यो । यतिबेलासम्म ट्याम्पु चालकहरूले भने तीनपटक ओहोरदोहोर गरेर रत्नपार्कमा आई एकअर्कासँग बात मार्न भ्याइसकेका थिए ।

टेम्पुभित्रै खाना खाइरहेका राजु गौतमले टेम्पो चलाउन थालेको १५ वर्ष भयो । लकडाउनका कारण किस्ता तिर्न नसकेकाले अहिले एकदिन पनि घर नबस्ने उनले सुनाए ।

‘लकडाउनले गर्दा टेम्पोको किस्ता तिर्न सकेको छैन’ ५० वर्षीय गौतमले अनलाइनखबरसँग भने ‘नेपाल बन्द भनेर घर बसेर के काम ! बरु टेम्पो चलायो भने आफूलाई पनि सजिलो यात्रुलाई पनि सजिलो भनेर बिहानैदेखि चलाउन थालेँ ।’

बन्दको परवाह नगरी काम गर्नेमा टेम्पो चालक महिलाहरु पनि देखिए । बिहान ७ बजे नै टेम्पो लिएर निस्केकी कल्पना तामाङलाई कतिले किन चलाएको भनेरसमेत सोधे । तर उनले ‘चढ्ने मान्छे छन् किन नचलाउने’ भन्दै टेम्पो अगाडि बढाइन् ।

कल्पना भन्छिन्, ‘मास्क लगाएका केही मान्छेले किन चलाउनुभएको दिदी भनेर सोधखोज गरे । मैले पेट पाल्नै पर्‍यो भनेर उनीहरूलाई बताइदिएँ ।’

कल्पनाजस्तै साबित्री राना पनि बिहान घरबाट खाना खाएर टेम्पो लिएर निस्किइन् । चाबहिल–रत्नपार्क रुटमा टेम्पो चलाउने उनलाई बन्दको कुनै परवाह थिएन ।

‘बन्द भनेर काम नगरी बसेर खान पाइने होइन’ साबित्री भन्छिन्, ‘घरमै बस्न थाल्यो भने साहुलाई बुझाउने पैसा पनि उठ्न गाह्रो पर्छ । बरु थोरै मान्छे चढे भनेपनि चार्जिङको पैसा तिर्न पुग्छ ।’

बिहान ७ बजे नै टेम्पो लिएर निस्केकी कल्पना तामाङलाई बाटोमा केही मान्छेले किन चलाएको भनेर सोधे । तर उनले ‘चढ्ने मान्छे छन् किन नचलाउने’ भन्दै टेम्पो अगाडि बढाइन् ।

कल्पना र साबित्रीले यसअघि पनि बन्दको बेला टेम्पो रोकेर घरमा बसेनन् । नाकाबन्दी, संविधान निर्माणपछि भएका आन्दोलन तथा बन्दका बेला पनि उनीहरूले टेम्पो चलाएको अनुभव छ ।

कल्पना भन्छिन्, ‘पहिलाको बन्दमा बिहान ढिला गरी चलाउन सुरु गरेर बेलुका चाँडै घर जान्थ्यौं । टायर बाल्ने, ढुंगामुढा हुने बेलामा सडकछेउमा टेम्पो रोकेर बस्थ्यौं ।’

अर्का टेम्पो चालक सुवास केसीको पनि यसअघिका बन्दमा टेम्पो चलाएको अनुभव छ । ट्याक्सी र बसलाई बन्दकर्ताले बढी निशाना बनाउने तर रिक्सा, ट्याम्पुमा हत्तपत्त तोडफोड नगर्ने उनी सुनाउँछन् ।

‘आज पनि बसमा ढुंगाले हाने तर हामीलाई केही गरेका छैनन्’ उनले भने, ‘पुलिस नभएको ठाउँमा अलि डर हुन्छ । पुलिस हुँदा बन्दकर्ताहरूले सिधै तोडफोड गर्न सक्दैनन् ।’

२०६२-६३ को जनआन्दोलनपछि गरिएका नेपाल बन्दका बेला बन्दकर्ता नै टेम्पो चढेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेको सुवास बताउँछन् । त्यतिबेला अहिलेजस्तो सबैसँग मोटरसाइकल नहुँदा नेपाल बन्द गर्ने कार्यकर्ताहरूले टेम्पोमा नै चढेर पर्चा छर्दै हिँडेको उनको अनुभव छ ।

खुसी छन् यात्रुहरू

छोरीलाई वीर अस्पताल लिएर आएका हर्क चौधरी पनि टेम्पो नै चढेर आएका थिए । ट्याक्सीले महंगो भाडा भनेकाले उनी गौशालाबाट बिहान टेम्पो चढेर अस्पताल आए । त्यहाँ जचाएपछि महांकाल मन्दिरनिर रहेको टेम्पो स्ट्याण्डमै आएर घर फर्किए ।

उनीजस्तै विभिन्न गन्तव्यमा जान लागेका यात्रुहरू टेम्पो चलेकोमा खुसी थिए । पठाओ र ट्याक्सीले मनपरी भाडा लिने गरोकले पनि यात्रुहरूको रोजाइमा टेम्पु छिटो–छरितो सवारीमा पर्छ ।

राजधानी भित्री सडक तथा बस नजाने ठाउँमा पनि टेम्पोको रुट पर्छ । न्यूनतम भाडादर १८ रुपैयाँ तथा अधितकम ४० रुपैयाँसम्मको रुटमा टेम्पो चल्ने गर्छ । टेम्पो चालकमध्ये पचास प्रतिशत महिला चालक रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

तस्वीरहरू : शंकर गिरी



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content