अजय यादव वियोगी
कलैया ,बारा
"प्रतिनिधि सभाको चुनावको मनोनयन पत्र दर्ताका लागि बारा-२मा सम्पूर्ण काम पुरा भएको निर्वाचन अधिकृत किरण कुमार सिँहको भनाइ "
बारामा रहेको ४ वटा क्षेत्रमा हुने प्रतिनिधि सभाको चुनावको मनोनयन पत्र दर्ताको काम पुरा भएको छ।बाराको क्षेत्र नम्बर -२ मा पनि मनोनयनका लागि सबै काम भई सकेको मिति २०८२ माघ ६ गते मनोनयनका लागि सबै काम भएको निर्वाचन अधिकृत किरण कुमार सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बाराको निर्वाचन क्षेत्र नम्बर -२ मा १ लाख १३ हजार मतदाता रहेको पनि निर्वाचन अधिकृत सिँहले बताउनुभयो ।निर्वाचन क्षेत्र नम्बर -२ मा सुवर्ण गाउँपालिका ,पचरौता नगरपालिका ,महागढीमाई नगरपालिका ,करैयामाई गाउँपालिका ,देवताल गाउँपालिका र कोल्हबी नगरपालिकाको वडा नम्बर -८ मात्र मिलाई ४४ वटा वडाहरु रहेको बारा -२को निर्वाचन कार्यालयले जानकारी दिएका छन् ।प्रतिनिधि सभाको चुनाव यहीँ फागुन २१ गते हुने भएको छ।
COMMENTS