$show=home

घडीअर्वा छठघाट सजावटमा २३ लाख खर्च हुने अनुमान

SHARE:

वीरगंज, ९ कार्तिक । वीरगंज महानगरपालिका–१० स्थित घडीअर्वा पोखरी छठघाटको तयारी पूरा भएको छठपूजा व्यवस्थापन समितिले आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले छठघाटको सजावट र व्यवस्थापन कार्य पूरा भएको जानकारी दिंदै यस वर्षको पूजामा करिब २३ लाख ८ हजार रुपियाँँ खर्च हुने अनुमान गरिएको बताए। उनका अनुसार टेन्ट–पण्डाल र सजावटमा ९ लाख,परिसर बाहिरको बत्ती सजावटमा ३ लाख, भिडियोग्राफीमा ३० हजार, पुरस्कारमा ५ लाख ५० हजार, सरसफाइमा १ लाख ५ हजार रुपियाँँ खर्च हुने अनुमान गरिएको छ।
सुरक्षा उपसमितिका संयोजक मुन्ना साहले सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ११० सुरक्षाकर्मी तथा घडीअर्वा स्पोर्ट क्लबका ६० जना स्वयंसेवक परिचालन गरिने बताए । छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र सादा पोशाकमा समेत प्रहरी खटाइने उनले जानकारी गराए।
गत वर्ष छठघाटको सजावट र व्यवस्थापनमा १९ लाख १४ हजार ८१२ रुपियाँँ खर्च भएको र आम्दानी कटाएर २ लाख ९३ हजार २७२ रुपियाँँ बचत भएको समेत कोषाध्यक्ष गुप्ताले जानकार िगराए ।
समितिका अध्यक्ष राकेश साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरू प्रमानन्द साह, वाल्मीकि साह, हिरा साह, प्रेम साह कानु, मदन प्रसाद कलवार, दिलिप साह कानु, वीरगंज–१० का वडाअध्यक्ष सुशील साह कानु, पूर्व सचिव सन्तोष गुप्ता, उपाध्यक्ष आत्माराम साह कानु, घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु, सल्लाहकार गौरीशंकर गुप्ता लगायतको उपस्थित थिए।कार्यक्रमको सहजीकरण प्रचार–प्रसार उपसमितिका संयोजक प्रणय साहले गरेका थिए।   

प्रतिक्रिया

neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तु,1,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: घडीअर्वा छठघाट सजावटमा २३ लाख खर्च हुने अनुमान
घडीअर्वा छठघाट सजावटमा २३ लाख खर्च हुने अनुमान
https://blogger.googleusercontent.com/img/a/AVvXsEhtmtQemT-DdeYc6eRZ4OAMRnazGPz5kGZqbJmawMz8HB0HIUyl8FvNIUONuXsPb3XC3vGpSRi6jKbXR_WgCUsSunGnbEtNjWgz76qSLQK3SDQlSm5hmBqAZyqgcCLNUTBCrLNOSaTQCfmDD_ZkW8kT7mamudFG09eieiFwc4SNYlyuv41pfStw8uJrjeJw=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhtmtQemT-DdeYc6eRZ4OAMRnazGPz5kGZqbJmawMz8HB0HIUyl8FvNIUONuXsPb3XC3vGpSRi6jKbXR_WgCUsSunGnbEtNjWgz76qSLQK3SDQlSm5hmBqAZyqgcCLNUTBCrLNOSaTQCfmDD_ZkW8kT7mamudFG09eieiFwc4SNYlyuv41pfStw8uJrjeJw=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2025/10/blog-post_26.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2025/10/blog-post_26.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content