Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

अवाञ्छित गतिविधि गर्ने १६ जना पक्राउ

वीरगंज, १४ साउन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ जानकीटोलस्थित नेपाल–भारत सीमानाकामा अवाञ्छित गतिविधी गरेको आरोपमा १६ जना लागूऔषध दुव...

वीरगंज, १४ साउन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ जानकीटोलस्थित नेपाल–भारत सीमानाकामा अवाञ्छित गतिविधी गरेको आरोपमा १६ जना लागूऔषध दुव्र्यसनीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय जानकीटोलाको प्रहरी टोलीले जानकीटोला नाकामा बुधवार चेकजाँच गर्ने क्रममा भारतबाट लागू औषध सेवन गरेर आउने र नाकामा प्रहरीसंग अभद्र व्यवहार गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।
पक्राउ पर्नेहरूमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १७ का २५ वर्षीय सुजित पटेल र ३० वर्षीय राहुल यादव, वडा नम्बर २३ का २७ वर्षीय श्यामसुन्दर यादव र २४ वर्षीय ऐजे दास, वडा नम्बर २१ का २५ वर्षीय फिरोज अन्सारी र २३ वर्षीय देवनारायण राम, वडा नम्बर १३ का २६ वर्षीय सुमित कुशवाहा, वडा नम्बर १४ का २९ वर्षीय दीनानाथ पटेल, वडा नम्बर १४ का २५ वर्षीय दिपेन्द्र पासवान, विन्दवासिनी गाउँँपालिका वडा नम्बर २ का २७ वर्षीय नितेश मुखिया, ठोरी गाउँपालिका वडा नम्बर ४ का २७ वर्षाीय रोहन बुढाथोकी र धोबिनी गाउँपालिका वडा नम्बर ३ का २९ वर्षीय रिजवान हवारी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का २८ वर्षीय मनुप अछामी र २६ वर्षीय टलक बहादुर के.सी.,सिरहाको धनगढीमाई नगरपालिका–१० का २८ वर्षीय दिनेश कुमार श्रेष्ठ, धनुषाको छिरेश्वर नगरपालिका–१ का ३५ वर्षीय जितेन्द्र कुमार यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।
सीमापारी भारतका बजारमा गएर लागूऔषध सेवन गर्ने तथा बोकेर ल्याउने दुव्र्यवसनीहरू इनर्वा नाका छाडेर जिल्लाको ग्रामीण भेगका नाकातिर विस्थापित भएको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय पर्साले बुधवारदेखि विशेष अभियान सञ्चालन गरी एकै दिन १६ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । उनीहरूविरूद्ध सार्वजनिक शान्ति विरूद्ध अन्तर्गतको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content