Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट

पर्सा, १२ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका आठ जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा जिल्ला प्रहरी सर्वाे...

पर्सा, १२ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका आठ जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट भएको छ ।

मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले गत आवमा भएको कार्यसम्पादन सम्झौताबमोजिम जिल्ला प्रहरी कार्यालय पर्सा कार्य सम्पादन सम्झौताबमोजिम सर्वोत्कृष्ट जिल्ला भएको जानकारी दिनुभयो ।

"मधेस प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुबीच भर्चुअल माध्यमबाट गत आवको वार्षिक कार्यसम्पादन सम्झौता अनुसार कार्य प्रगति विवरणको समीक्षा गरिएको थियो", उहाँले भन्नुभयो, "सो समीक्षामा कार्यसम्पादन सम्झौताबमोजिम पर्सा जिल्ला सर्वाेकृष्ट भएको छ ।" मधेस प्रदेश प्रहरी प्रमुख चतुर्वेदीले अन्य मातहत कार्यालयलाई समेत वार्षिक कार्यसम्पादन सम्झौताबमोजिम आफ्नो लक्ष्यअनुसार पूरा गर्नुपर्ने कार्यहरुमा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।

४० बुँदामा केन्द्रित कार्यसम्पादनलाई आधार बनाएर गरिएको मूल्याङ्कनमा पर्सा प्रहरी ९०.१९ प्रतिशत अङ्कको साथमा सर्वाेत्कृष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा गत आवमा करिब रु ६० करोड मूल्यका भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद गरिएको जनाइएको छ ।

मिश्रले सङ्गठनको टिमवर्कका कारण यो सफलता हात पार्न सकेको बताउनुभयो । प्रमुख मिश्रले पर्साको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै  भन्सार छली तथा तस्करी नियन्त्रण, फरार प्रतिवादी र मानव बेचबिखन ओसारपसार जस्ता अभियान सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो । "गत आवभरिमा विभिन्न अदालतबाट भएका फैसलाको फरार  भएका एक हजार ५११ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयन गरिएको छ", उहाँले भन्नुभयो, "पक्राउ परेका फरार प्रतिवादीको ७३ वर्ष दुई महिना कैद तथा रु तीन करोड ५५ लाख १२ हजार ९५६ जरिवाना समेत असुलउपर गरेका छौँ ।"  रासस

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content