Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

अवैध सम्बन्धका कारण युवकको विमलेशको हत्या

जनकपुरधाम, ५ साउन । जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या भएको घटनामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको...

जनकपुरधाम, ५ साउन । जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या भएको घटनामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको प्रहरीले जनाएका छन् ।
सोमवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले युवतीलाई सार्वजनिक गरेको हो । शनिवार राति करिब साढे ३ बजेको समयमा महोत्तरीको पर्सा गाउँँपालिका १, पर्सा टोल बस्ने ३२ वर्षीय विमलेश यादवको जनकपुरधाम स्थित जीरोमाईलमा रहेको होटेलमा मृत फेला परेका थिए ।
धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले दुबैजना सम्बन्धमा रहेको समयमा भएको विषयमा विवाद हुँदा युवतीले युवकको हत्या गरेको देखिएको बताएका छन। विवाहित युवक यादव र आरोपित झाबीच अबैध सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ।
उक्त सम्बन्धको क्रममा बनाएको भिडियो देखाएर युवकले युवतीलाई ब्लाकमेल गर्दै आएका थिए । शनिवार राति करिब १० बजेको समयमा जीरोमाईलस्थित रहेको होटेल एसपी एण्ड गेष्ट हाउसको १०२ नम्बर कोठामा दुबैजना सँगै बसेका थिए ।
राति २ बजेर ५७ मिनेटमा युवक रगतले भरिएको अवस्थामा पहिलो तल्लाबाट नग्न अवस्थामा झरेका थिए । ३ बजेर ४ मिनेटमा युवती भागेको सिसिटीभी फुटेजमा देखिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरूणबहादुर सिंहले बताए ।
युवतीलाई आइतवार दिउँसो १२ बजे महोत्तरीको परौलतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको सिंहले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content