Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"संविधानसभा सदस्य एवम् नेपाली काँग्रेस बाराका नेता रामअयोध्या यादवको निधन ,सुवर्ण गाउँपालिकाबासी शोक मग्न "

अजय यादव वियोगी  कलैया ,बारा  "संविधानसभा सदस्य एवम् नेपाली काँग्रेस बाराका नेता रामअयोध्या यादवको निधन ,सुवर्ण गाउँपालिकाबासी  शोक मग्...
अजय यादव वियोगी 
कलैया ,बारा 
"संविधानसभा सदस्य एवम् नेपाली काँग्रेस बाराका नेता रामअयोध्या यादवको निधन ,सुवर्ण गाउँपालिकाबासी  शोक मग्न "


बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -२ स्थायी घर भएका संविधानसभा सदस्य एवम् नेपाली काँग्रेस बाराका नेता रामअयोध्या यादव निधन भएको छ ।बुधबार राति वहाँको बिरगंजस्थित बिरगंज हेल्थकेयर अस्पतालमा वहाँको मृत्यु भएको परिवारिक स्रोतले जानकारी दिएका छन्।बारा निर्वाचन क्षेत्र नम्बर -१ बाट २०७० सालको संविधानसभामा प्रत्यक्षतर्फ संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।नेपाली काँग्रेसबाट निर्वाचित वहाँले संविधान बन्ने बेला अहम् भुमि खेल्नु भएको थियो ।नेपाली काँग्रेस बाराका पुर्व जिल्ला सचिव र महासमिति सदस्य भई कामकाज गर्नु भएको थियो ।नेपाली काँग्रेसबारामा वहाँले विभिन्न क्षेत्र तथा नेपाली काँग्रेसका लागि गरेको योगदान सराहनीय रहेको र नेपाली काँग्रेस कहिल्यै नभुल्ने पनि नेपाली काँग्रेस बाराका जिल्ला सचिव एवम् युवा नेता राजेश रौनियारले बताउनुभयो।अाफुले वहाँसँग निकट भएर कामको सम्झना गर्दे भावुक मुद्रा भन्नुभयो वहाँ नेपाली काँग्रेसका सच्चा सिपाही समेत भएको जिल्ला सचिव रौनियारले बताउनुभयो।लामो समयदेखि मधुमेह रोगबाट ग्रसित संविधानसभा सदस्य रामअयोध्या यादवको निधनले नेपाली काँग्रेस बारामा अतुलनीय क्षति पुगेको अर्का नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवले बताउनुभयो।संविधान बन्ने बेलामा वहाँले बारा -२ बाट जित्नु भएका   राधेचन्द्र यादवसँग सहकार्य गरी अाफ्नो पालिकाको नाम सुवर्ण गाउँपालिका राखेको र सुवर्ण शमशेर प्रति माया देखाएको अनेकन मिडियामा वहाँले दिनुभएको अन्तर्वार्ताबाट प्रष्ट भएको थियो।सुवर्ण गाउँपालिका वडा नम्बर -३ मा वहाँकै पहलमा नै गेट निर्माण भएको नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।संविधानसभा सदस्य रामअयोध्याको निधनले सिंङ्गो सुवर्ण गाउँपालिकाबासी दु:खित भएका छन्।७२ बर्षको उमेरमा वहाँको उपचारकै क्रममा निधनको खबरले नेपाली काँग्रेसका नेता कार्यकर्तामा अहिले उदासी छाएको छ।केन्द्र देखि स्थानीय सम्म वहाँको कामले  सबै प्रभावित हुनुहुन्थ्यो ।२०७९ को चुनावमा बारा -२ (२) (ख)बाट मधेस प्रदेशका लागि विधायको उम्मेदवार रहनुभएको थियो ।संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता रामअयोध्या यादवले अाफु विपीको सिद्धान्तबाट राजनीति गरेको श्री गढीमाई राष्ट्रिय दैनिक र गढीमाई टि.भि.अन्तर्वार्तामा भन्नुभएको थियो ।अहिले वहाँ भौतिक रुपमा यस संसारमा नभए पनि वहाँ अपनाएको विचार रहेको हो।वहाँप्रति नेपाली काँग्रेस सहित विभिन्न राजनीति दलका नेता कार्यकर्ताहरुले सम्वेदना प्रकट गरेका छन् ।संविधानसभा सदस्य एवम् गरिबका मसिहा शिवचन्द्र कुशवाहाले पनि नेता यादव प्रति सामाजिक सञ्जाल गहिरो दु:ख प्रकट गर्दे हार्दिक सम्वेदना प्रकट गर्नु भएको छ।गठनबन्धन गरेर अाफु प्रतिनिधि सभाका लागि भिडेको वहाँ प्रदेशका लागि भिडेको ताजै रहेको नेता कुशवाहाले बताउनुभयो ।सरल,शलिन तथा उदारवादी नेताको निधनले अाफु चिन्तित भएको पनि बताउनुभयो।रामअयोध्या यादवको मृत्युुले अाफु पनि दुखित भएको सुवर्ण गाउँपालिका युवा नेता अशोककुमार यादवले बताउनुभयो।वहाँलाई चुनाव लडे देखि चिनेको र वहाँ मृत्युु खबरले दुखित भएको बताउनुभयो।संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता रामअयोध्याका २ छोरा ,२ छोरी र श्रीमती रहेकि छिन्।अाजै वहाँकै गाउँ कवही गोठमा दाह संस्कार गरिने पनि नेपाली काँग्रेसबाराको सचिवालयले जानकारी दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content