अजय यादव वियोगी
बिरगंज ,पर्सा ।
मिति २०८२।०२।२४ गते सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले बहुदरमाई नगरपालिका.- ५ डकैला चोकबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी ३ वटा भारतिय नं. प्लेटको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको ७५ काटुन ( ७५०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी देबेन्द्र बहादुर सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। उक्त चल्ला पैठारी कार्यमा प्रयोग भएका तिनवटा मोटरसाइकल आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रकियामा रहेको सुचना अधिकारी सिँहले बताउनुभयो।
प्रतिक्रिया