अजय यादव वियोगी
कलैया ,बारा ।
मिति २०८२।०२।२० गते सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट खटिएको टोलिले बीरगंज म.न.पा.स्थित बिभिन्न स्थानहरुबाट रु.७,३९,९५०।- बराबरको भन्सार छली नेपाल भित्र्याईएको बिभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी देवेन्द्र बहादुर सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।
साथै सोही मितिमा नै प्र.सी.सु.गुल्म बीरगञ्जबाट खटिएको मोबाईल टोलीले बहुअरी चोकबाट परवानीपुर तर्फ जाँदै गरेको ब्रोइलर कुखुरा लोड गरिएको प्रदेश २-०३-००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडीलाई वीरगञ्ज म.न.पा.-२५, बहुअरी चोकमा रोकेर चेकजाँच गर्दा उक्त गाडीको साथमा ब्रोइलर कुखुराको विल, VCTS तथा भेटेरिनरीको प्रमाणपत्र नभएको भेटिएको र उक्त गाडीलाई चालकले बेवारिसे अवस्थामा बाटोमै छाडेर भागेको हुँदा भन्सार छली चोरी-पैठारी गरि भारतबाट नेपाल भित्र्याइएको मूल्य रु.१,८४,०००।- बराबरको ब्रोइलर कुखुरा सहितको उक्त गाडीलाई नियन्त्रणमा लिई गाडिको रु.२५,००,०००।- भन्सार मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको सुचना अधिकारी सिँहले बताउनुभयो।उक्त ब्रोइलर कुखुरा आवश्यक प्रकृया पुरा गरी नष्ट गरिएको पनि वहाँले बताउनुभयो ।साथै सोहि गुल्मले बिभिन्न सीमा नाकाहरुबाट रु. २,७३,१६०।- बराबरको मोबाईल तथा ईलेक्ट्रिक सामानहरु समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बीरगंज भन्सार कार्यालयमा दाखिला गरेको पनि सुचना अधिकारी सिँहले बताउनुभयो ।
प्रतिक्रिया