Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद जस्ता आयातित सम्...

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति हरि पन्तले देशलाई समृद्ध बनाउन अब मार्क्सवाद, लेलिनवाद र माओवाद जस्ता आयातित सम्पूर्ण वादहरूको साटो नेपालको हावा–पानी, माटो सुहाउँदो नेपालवाद आवश्यक रहेको बताएका छन् ।

आज बहुदरमाई नगरपालिका–३ नगरदाहमा प्रथम वडा भेलालाई सम्बोधन गर्दै पन्तले माक्र्स, लेनिन र माओले पनि तात्कालिन  समयमा आआफ्नो देशको वस्तु र परिस्थितिको अध्ययन र आकलन गरेर ती वादहरू प्रतिपादन गरेकोले यतिबेला हाम्रो देशमा माओवाद, मार्क्सवाद र लेलिनवादको कुनै अर्थनै नरहेको बताए ।

उनले फरक सन्दर्भमा मलेसियालाई त्यहाँका तत्कालीन प्रधानमन्त्री महम्मद महाथीरले २२ वर्षमा, भियतनामलाई हु ची मिनले २४ वर्षमा र सिंगापुरलाइ लि क्वान युले ३१ वर्षमा ढुङ्गाबाट सुन बनाए तर नेपाललाई कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलहरू मिलेर सुन जस्तो देशलाई दोहन गरेर खरानी बनाएकोले अब देश विकासको विकल्प नै रास्वपा मात्र रहेको दावी गरे ।
 
भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको सभापतिमा राजकिशोर साह, राजु यादव उपसभापति, शत्रुधन यादव सचिव र सदस्यहरूमा राजकुमार गुप्ता, वनारसी साह, इम्तियाज आलम, सागर यादव, ललिला देवी, संगीता देवी, सितापती देवी, सफिना खातुन र कुश्मा देवी पासवान रहेका छन् ।
 
रास्वपा बहुदरमाईका नगर सभापति चन्दन यादवको सभापतित्वमा सम्पन्न उक्त भेलालाई केन्द्रिय सदस्य डा नन्दन यादव, दिलीप कुर्मी, सुदिस प्रजापतिलगायत नेताहरूले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमोद रायमाझीले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content