Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बैंकमा खाता खोल्न लगाएर ठगी गरेको आरोप

वीरगंज, १८ जेठ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका दिपेश कुमार पटेलसहितले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरी आफूहरू ठग...

वीरगंज, १८ जेठ ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका दिपेश कुमार पटेलसहितले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरी आफूहरू ठगीको शिकार भएको बताएका हुन् ।
वीरगंज महानगरपालिकाको नगवा निवासी शेख मकबुल नेतृत्वको समूहले दर्जनौं सर्वसाधारणलाई ठगी गरेको आरोप दिपेश पटेललगायतले पत्रकार सम्मेलनमार्फत लगाएका छन् ।
शेख मकबुलको समूहले महालक्ष्मी विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गरिमा बैंकलगायत विभिन्न बैंकमा खाता खोल्न लगाएर ती खाताहरूको चेकबुक र एटीएम कार्ड आफैंसँग राखी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
पीडितहरूका खाताहरूको दुरूपयोग गर्दै विभिन्न व्यक्तिहरूसँग फोनमार्फत रकम सङ्कलन गरिएको र केही खातामा करोडौं रुपियाँँ बराबरको कारोबार भएको बैंक स्टेटमेन्टमा देखिएको दिपेशको भनाइ छ ।
पत्रकार सम्मेलनमा फेटा गाउँपालिका वडा नं. ४ का अनुरोध महतो, छिपहरमाई गाउँपालिका वडा नं. ५ का रामशिष कुर्मी, सोही ठाउँका अबरार हसन, कालिकामाई गाउँपालिका वडा नं. १ का शुभनारायण प्रसाद चौरसिया, वडा नं. ३ का शिवनारायण चौरसियालगायतले पनि आफुहरू ठगिएको बताएका छन।
शेख मकबुल समूहमा वीरगंजका पप्पु भनिने नितेश चौरसिया, शेख साहिल, अमन शर्मा समेतको संलग्नता रहेको बताइएको छ। यद्यपि शेख मकबुललाई १० दिनअघि पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाइएको भए पनि पीडितहरूले ठगीको मुद्दा चलाउनुपर्ने माग गरेका छन।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हालसम्म ठगीको जाहेरी नपरेको बताएका छन् । उनले ठगीको जाहेरी आएमा सोही अनुसार कानूनी प्रक्रिया अघि बढाइने बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content