अजय यादव वियोगी
कलैया ,बारा
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -१ मा सडक दुर्घटनामा परि एक विद्यार्थीको ज्यान गएको हो ।मिति २०८२ /०२/०९ गते शुक्रबारका दिन बिहानको समयमा, सुवर्ण गाउँपालिका वडा नं.-२ कवहीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कवही गोठमा अध्ययनरत कक्षा - -६का छात्र छोटेलाल रामको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन्। हालै श्री नेपाल राष्ट्रिय अाधारभुत विधालयबाट सो छात्र कवही माविमा भर्ना भएका थिए। घर नजिक आई पुगेका बिधार्थी छोटेलाल रामको पहिचान हुन नसकेको मोटरसाईकलले ठक्कर दिई फरार भएका थिए । कक्षा- ६अध्ययनरत विद्यार्थी छोटेलाल रामको मृत्युको खबर सुनेर सुवर्ण गाउँपालिका -१ सोलकपुरका स्थानियवासी शोकमग्न हुन पुगेका छन्। हिजो २०८२/०२/१० गते मृतक बिद्यार्थी रामको शव राखेर संतगंज बरियारपुर सडक खण्डका सोलकपुरमा शव राखेर प्रदर्शन गरेका थिए। दोषीको पहिचान गरि कारवाहीको माग गर्दै, परिवारको उचित राहत उपलब्ध गराउनु पर्ने माग राखेका थिए। इलाका प्रहरी कार्यालय कवही गोठले ठक्कर दिने मोटरसाइकलको खोजी कार्य जारी राखेको जानकारी दिएका छन्।
प्रतिक्रिया