अजय यादव वियोगी
कलैया ,बारा ।
मिति २०८२।०२।११ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज म.न.पा. अन्तर्गतका विभिन्न स्थानहरुबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई चोरी पैठारी तथा निकासी गरी विभिन्न माध्यमबाट लैजाँदै र भित्र्याउँदै गरेको अबस्थामा मूल्य रु. ८,३७,१२०।- बराबरको विभिन्न सामानहरु (दुई थान मोटरसाईकल, किराना, तयारी कपडा, मोवाईल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरा आदि) र उक्त सामानहरु अवैध रुपमा ओसारपसार गर्न प्रयोग गरिएका मोटरसाइकलहरु सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् एवम् सुचना अधिकारी देबेन्द्र बहादुर सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।सोही मितिमा नै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलिले अलौ तथा कोनिया ईलाकाबाट रु. १,१८,२००।-बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सुचना अधिकारी सिँहले बताउनुभयो । वि.ओ.पि.प्रसौनिभाठा र बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले पनि रु.१,२८,८७०।- बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सुचना अधिकारी देबेन्द्र बहादुर सिँहले जानकारी दिएका छन्।स.प्र.बल,नेपाल,नं. १३ गण हे.क्वा.पर्सा सराहनीय कार्य गर्दे गएका छन् ।
प्रतिक्रिया