अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय -१२ धर्मनगरमा छात्रवृत्ति वितरण भएको छ ।कलैया उपमहानगरपालिका -१२ का वडाध्यक्ष एवम् विधालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु प्रसाद महतोको प्रमुख आतिथ्यमा उक्त छात्रवृत्ति वितरण गरिएको हो।छात्रवृत्ति वितरण कार्यक्रममा विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीले सहजीकरण गर्नुभएको थियो।सो विधालयमा अध्ययनरत कक्षा - १देखि -५ सम्मका र दलित छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको विधालय प्रशासनले जानकारी दिएका छन् ।छात्रवृत्ति कार्यक्रममा विधालय व्यवस्थापन समितिका सदस्यहरु ,विनोद साह तेली ,उदय महतो मण्डल, संगिता कुमारी,महिला सदस्य - पुजा कुमारी राम ,सुरेश प्रसाद केशरी शाम महम्मद मियाँ ,धोबीको विशेष उपस्थिति रहेको थियो ।छात्रवृत्ति कार्यक्रममा विधालयका शिक्षक शिक्षिकहरु श्रवण साह गोढ, प्रदिप कुमार,नसिर अखतर,संजय प्रसाद पटेल , राजकुमार यादव, दिपक कुमार गुप्ता,हरि भुषण यादव , समिना खातुन,जितुकुमारी यादव ,संजय यादव एवम् विशाल पासवानको विशेष उपस्थिति रहेको थियो।छात्रवृत्ति पाएपछि बिधार्थीहरु हर्षित भएका थिए ।
प्रतिक्रिया