Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगंजको विवाद सुल्झाउन ५ बुँदे निर्णय

वीरगंज, ३१ चैत । हनुमान जमोत्सवका दिन शनिवार वीरगंजमा भएको दुर्ई फरक धर्म समुदायबीचको विवाद सहमतिमा टुंगिएको छ । आइतवार जिल्ला प्रशासन कार्य...

वीरगंज, ३१ चैत । हनुमान जमोत्सवका दिन शनिवार वीरगंजमा भएको दुर्ई फरक धर्म समुदायबीचको विवाद सहमतिमा टुंगिएको छ ।

आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको ११ घन्टाको लगातार बैठकपछि विभिन्न ५ बुँदे निर्णय गरी विवाद समाधान गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले घटनाका दोषी पहिचान गरी २४ घन्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय भएको बताएका छन् ।
घटनामा घाइते भएकाहरूलाइ निःशुल्क उपचारको व्यवस्था मिलाउने, कुनैपनि सामुदायिक पर्वमा कसैले हातहतियार प्रदर्शन गर्न नपाउने, मदर्सासहितका धार्मिक स्थलहरूमा हुने पढाइको अनुगमन गर्ने तथा घटनाका दोषीलाइ कारबाही गर्दा कुनै पनि राजनीतिक दलबाट हस्तक्षेप नहुने सहमति भएको प्रजिअ अर्यालले बताए ।

पाँच बुँदे सहमतिपत्रमा सबै राजनीतिक दलका नेता,हिन्दु र मुस्लिम समुदायका अगुवाहरूले हस्ताक्षर गरेका छन् ।

यसैगरी प्रजिअ अर्यालले शनिवार बेलुकीदेखि वीरगंजमा लगाइएको कफ्र्यु आइतवार राति १२ बजेसम्म निरन्तर रहने जानकारी गराएका छन् । उनले जिल्ला सुरक्षाको समितिको बैठक बसेर आवश्यक निर्णय गरिने बताए । राति १२ बजेपछि कफर््यु हटाएर केहि निश्चित क्षेत्रहरूमा निषेधाज्ञा जारी गर्ने सम्भावना रहेको बताए ।

प्रजिअ अर्यालले शनिवारको घटनामा स्थिति नियन्त्रणमा लिन प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको जानकारी गराए । उनले नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएको जानकारी गराए ।

शनिवार हनुमानको जन्मोत्सवको शोभायात्रा नगरपरिक्रममा गर्ने क्रममा छपकैया पुगेपछि दुई समुहबीच झडप हुँदा दुुई वटा बिरियानी हाउस, केहि मासु पसल, एउटा औषधि पसलमा क्षति पुगेको थियो भने ८ भन्दा बढी मोटरसाइकलमा आगजनी भएको थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content