Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन, पत्रकारिता क्षेत्रमा योगदान दिने ६ जना पुरस्कृत, ९ जना सम्मानित

काठमाडौँ, ३० चैत्र/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन ललितपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सद...

काठमाडौँ, ३० चैत्र/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन ललितपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको प्रमुख उपस्थितिमा विभिन्न विशिष्ट अतिथिहरू र सहभागिहरूसँग पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरियो।

कार्यक्रममा पूर्वमन्त्री राणाले प्रेस स्वतन्त्रताको महत्व र गणतन्त्रको मूल्यलाई उच्चारण गर्दै भने, "नेपालका पत्रकारहरूले यथार्थको धरातलमा सत्ता र शक्तिको सही स्थिति उजागर गर्दै आएका छन्। राजतन्त्र र गणतन्त्रको विकल्पको कुरा गर्नु नहुने हो। गणतन्त्रको कमजोर पक्षलाई सुधार्न आवश्यक छ, तर त्यसको विकल्प खोज्न मिल्दैन।" उनले नेपालको मिडियामा रहेको स्वतन्त्रता र दक्षिण एशियामा यसको महत्व पनि उल्लेख गर्दै भने, "नेपालका पत्रकारहरूले जो साँचो कुरा भन्नुपर्छ, ती मुद्दाहरूको खुलासा गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।"

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पत्रकारिता क्षेत्रको सशक्तीकरणमा मञ्चको भूमिका र पत्रकारहरूको योगदानको महत्त्वकासाथ वकालत गरे। उनले विश्वास व्यक्त गर्दै भने, "आगामी नेतृत्वले पनि सत्य–तथ्यका आधारमा समाचार प्रवाह गर्दै जनताको पक्षमा काम गर्दै जानेछ।"

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले हालका पत्रकारिता चुनौतिहरू र पेशागत धर्मका विषयमा बोलेका थिए। उनले भने, "समाजका सबै पक्षले सञ्चारमाध्यम र पत्रकारहरूलाई निशाना बनाइरहेका छन्, जबकि पत्रकारहरूले आचारसंहिताका आधारमा काम गर्दा आतंकित हुनु पर्ने अवस्था समाप्त गर्न जरुरी छ।"

उद्घाटन समारोहमा ६ जना पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो। नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरियो, जसमा नगद २५ हजार रुपैयाँ र प्रमाणपत्र समावेश थियो। अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रताप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो, जसमा नगद १५ हजार रुपैयाँ समावेश थियो। चन्द्रसूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई गौरीनारायण श्रेष्ठ मध्यान्ह दैनिक पत्रकारिता पुरस्कार दिइयो, जसमा ११ हजार १ सय ११ रुपैयाँ राशिसहित सम्मान गरिएको थियो।

त्यस्तै, चेतनराज पाण्डे, घनश्याम श्रेष्ठ, र टंककला तिमिल्सेनालाई क्रमशः नाजिर उद्दिन मिया स्मृति, डा. चुडाबहादुर श्रेष्ठ स्मृति, र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो। हरेकलाई ५ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र दिइयो।

समारोहमा तीन दशकदेखि पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव बैकुण्ठ भण्डारी, क्रियाशील पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का उपाध्यक्ष नविनरसिंह नेपाली, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष चिरञ्जिवी अधिकारी, र नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ)लाई कदरपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो।

कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारितामा निष्पक्षता र पारदर्शिताको महत्वको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्दै पत्रकारलाई आस्थाविहीन र निर्भीक भएर काम गर्नुपर्नेमा जोड दिए। उनले भने, "व्यक्तिगत आस्था जे भए पनि पत्रकारले कुनै पनि समाचार लेख्दा पूर्वाग्रह राख्नु हुँदैन।"

महाधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव बैकुण्ठराज पराजुली, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्य, ललितपुर जिल्ला अध्यक्ष रामकृष्ण रामहरि कार्की, मंचका संस्थापक अध्यक्ष योगेन्द्र प्रताप शाहीलगायतका विभिन्न विशिष्ट अतिथिहरूले आसन ग्रहण गरेका थिए।

कार्यक्रमको सञ्चालन मञ्चका महासचिव बिमल थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रमणि भट्टराईले प्रस्तुत गर्नुभएको थियो।

महाधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया अघि बढाउने मञ्चले जनाएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content