Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"बाराको पचरौता नगरपालिकामा शान्तिपूर्ण ढंगले होली सम्पन्न

 अजय यादव वियोगी  कलैया ,बारा  "बाराको पचरौता नगरपालिकामा शान्तिपूर्ण ढंगले होली सम्पन्न " बाराको पचरौतामा होलीको अवसरमा जिल्लाका ...
 अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको पचरौता नगरपालिकामा शान्तिपूर्ण ढंगले होली सम्पन्न "
बाराको पचरौतामा होलीको अवसरमा जिल्लाका प्रजिअ बसन्त अधिकारी ,जिल्ला प्रहरी कार्यालय ,बाराका प्रहरी उपरीक्षक संतोष तामाङ सहितको टोली पचरौता पुगेका थिए ।पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले उहाँहरुसँग होलीको शुभकामना साटासाट गरेका छन् ।भाईचाराको पर्व होलीको सन्ध्यामा सो शुभकामना साटासाट गरिएको हो ।शुभकामना साटासाट कार्यक्रममा पचरौता नगरका जनप्रतिनिधि तथा कर्मचारीहरुको विशेष उपस्थिति रहेको थियो।पालिका प्रवक्ता लक्ष्मी यादव ,शिक्षा सह-संयोजक मुकेश कुमार पटेल ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन लगायतको विशेष उपस्थिति रहेको थियो।यस्तै बेनौली गाउँका स्थानीयबासीले पनि होलि मनाएका छन् ।स्थानीय सबिन्द्र सहनी लगायतको सहभागितामा  होली मनाईएको हो।बाराको पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले आफ्नै गाउँ बेलदारीमा युवाहरुसँग होली खेलेका छन्।रंगको पर्व होलीको सन्धयामा आफ्नै गाउँमा होली खेलेको प्रवक्ता यादवको निजी सचिवालयले  श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।पचरौता नगरपालिकाको १ देखि ९


 वटा वडामा शान्तिपूर्ण होली भएको र कहिकतै विवाद नभएको पनि प्रवक्ता लक्ष्मी यादवले बताएका छन्।युवा भनेको देशको कर्णधार हो त्यसको रक्षा गर्न पालिकासधै तत्पर रहेको पनि वहाँले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content