Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेविसंघलाई समर्थन गर्न नेका, पर्साको आग्रह

वीरगंज, ४ चैत ।  ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र विद्यार्थीहरूला...

वीरगंज, ४ चैत ।  ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र विद्यार्थीहरूलाई एकजुट भई नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई समर्थन गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति, पर्साले आग्रह गरेको छ ।
नेका पर्सा अध्यक्ष जर्नादन सिंह क्षेत्रीले आज पत्रकार सम्मेलनमा बोल्दै  नेविसंघका उम्मेदवार विकास मण्डल धानुकको नेतृत्वमा निर्वाचनमा जित सुनिश्चित हुने बताए । उनले तराई–मधेस क्षेत्रको सबैभन्दा पुरानो क्याम्पस ठाकुर राम बहुमुखी क्याम्पसमा नेविसंघको विगतको विजयको इतिहासलाई स्मरण गर्दै विद्यार्थीहरूको संगठनप्रतिको स्नेह र वैचारिक आस्थाले यसपटक पनि जित सुनिश्चित हुने बताए ।
पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा कृष्णप्रसाद भट्टराईले २०२७ सालमा स्थापना गरेको नेविसंघले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको अग्रणी भूमिका खेलेको बताए ।
विज्ञप्तिमा आन्तरिक प्रतिस्पर्धा र नेविसंघभित्रका केही स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिलाई स्वीकार गर्दै समितिले संगठनको जितलाई प्राथमिकता दिन सबै सदस्यहरूलाई आग्रह गरेको छ। "कलम मसाल" झण्डालाई उच्च राख्न एकताको महत्वलाई जोड दिँदै सबै जिम्मेवार सदस्यहरूले यस कार्यमा योगदान गर्ने विश्वास नेपाली कांग्रेस पर्साले लिएको छ।
विज्ञप्तिमा विद्यार्थीहरूको शैक्षिक र वर्गीय हितहरूको संरक्षण र संवद्र्धन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत बनाउने अभियानमा "राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता" को आदर्श बोकेको नेविसंघलाई विजयी बनाउन सबै लोकतन्त्रवादी दाजुभाइ, दिदीबहिनी र विद्यार्थीहरूलाई नेपाली कांग्रेस पर्साले हार्दिक अपिल गरेको छ। ठाकुर राम बहुमुखी क्याम्पसमा हुन लागेको स्ववियु निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पर्सामा पहिलो पटक हुन लागेकोले यसलाई महत्वपूर्ण घटनाको रूपमा हेरिएको छ।उक्त पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष एवं मन्त्री  जर्नादन सिंह क्षेत्री,नेपाली कांग्रेसका नेता प्रकाश उपाध्याय लगाएतका नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवं नेविसंघका नेता तथा उम्मेदवारहरूको  उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content