Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

 दिपेन्द्र चौधरी सहनी  पर्सा ,बिरगंज  "पर्साको बहुदरमाई नगरपालिकामा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास तथा एसईई अभिमुख...
 दिपेन्द्र चौधरी सहनी 
पर्सा ,बिरगंज 
"पर्साको बहुदरमाई नगरपालिकामा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास तथा एसईई


अभिमुखीकरण कार्यक्रम सम्पन्न"
पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-६, गम्हरियामा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा आयोजित व्यक्तित्व विकास तथा एसईई अभिमुखीकरण कार्यक्रम-२०८१ भव्य रूपमा सम्पन्न भएको छ। बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा उक्त कार्यक्रमको  अध्यक्षता संस्थाका अध्यक्ष राजकुमार गुप्ताले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह रहनुभएको थियो। विशेष अतिथिहरुमा   वडा नम्बर   ६ र ८ कावडाध्यक्ष , सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, सञ्चारकर्मी तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिअायोजक संस्थाले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन्।
कार्यक्रममा मोटिभेशनल स्पीकर प्रदीप कुमार साह र गोविन्द गुप्ताले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको व्यवस्थापन तथा निर्देशन पुनम यादव र सन्दीप कुमारले गर्नुभएको थियो भने उद्घोषण कुमकुम गुप्ताले  गरेकि थिईन ।  मोटिभेसनल प्रशिक्षक गोविन्द गुप्ताले विद्यार्थीहरूलाई एसईई परीक्षाको तयारीका लागि समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्रहरूको अभ्यास, आत्मविश्वास अभिवृद्धि तथा मानसिक तनाव नियन्त्रण गर्ने उपायहरूबारे मार्गदर्शन गर्नुभएको थियो। उनले कठिन विषयहरूमा ध्यान केन्द्रित गर्दै, साना-छोटा विश्रामसहित अध्ययन गर्ने रणनीति अपनाउन विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो।त्यस्तै अर्का प्रशिक प्रदीप कुमार साहले विद्यार्थीहरूलाई व्यक्तित्व विकासका लागि आत्मविश्वास, सकारात्मक सोच, प्रभावकारी संवादकला, समय व्यवस्थापन लगायतका महत्वपूर्ण पक्षहरूबारे प्रशिक्षण दिनुभयो। उनले आफ्ना कमजोरीहरू पहिचान गरी ती सुधार्ने, लक्ष्य निर्धारण गर्ने, निरन्तर प्रयास गर्ने, आत्म-अवलोकन तथा आत्म-सुधारका उपायहरू अवलम्बन गर्नुपर्ने विषयमा विशेष जोड दिनुभयो। उनले प्रशिक्षणलाई प्रभावकारी बनाउन विभिन्न डेमो र उदाहरणहरू प्रस्तुत गर्नुभएको थियो, जसले विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा मिलेको सहभागीहरूको बताएका छन्।कार्यक्रममा ७०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। नगरपालिकाका विभिन्न विद्यालयका छात्र-छात्राहरू सहभागी रहेको सो  सेमिनारले विद्यार्थीहरूलाई आगामी परीक्षा र भविष्यप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्याएको सहभागीहरूको प्रतिक्रिया रहेको छ। हेल्पिङ्ग हैण्ड युथ सोसाइटीले यसअघि पनि पर्सा र बाराका विभिन्न क्षेत्रमा यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाका अध्यक्ष राजकुमार गुप्ताले गरेका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content