दिपेन्द्र चौधरी सहनी
पर्सा ,नेपाल
The Human Love Charity/Fund ले आज धोबिनी गाउँपालिका-५ स्थित मदर्शा इस्लामिया दारुल कुरान मा अध्यनरत २५ जना विद्यार्थीहरुलाई जाडोको कपडा नि:शुल्क सहयोग गरेको छ। यो सहयोगले विद्यार्थीहरुलाई जाडोको समयमा आवश्यक न्यानो कपडा उपलब्ध गराएको छ, जसले उनीहरूको पढाइमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।The Human Love Charity/Fund का संस्थापक र प्रमुख, एजाज अंसारी ले यो अभियानको शुभारम्भ गर्दै भने, "हामी समाजका विपन्न वर्गको सहारा बन्न चाहन्छौं र यस्ता आवश्यकता पूर्ति गर्ने कार्यक्रम निरन्तर गर्नेछौं।"कार्यक्रममा उपस्थित शिक्षक मुफ्ती जहुर ले चिसोमा लुगा कपडा किन्न नसक्नेका लागि नि:शुल्क लुगा वितरणले राहत मिलेको र यसले विद्यार्थीहरुलाई उत्साहित र प्रेरित गरेको बताएका छन्। उनीहरुले यो सहयोगलाई एक उत्कृष्ट कदम मान्दै धन्यवाद व्यक्त गरेका छन्।संस्था का सदस्य असरफ हवारी को नेतृत्वमा गरिएको कार्यक्रममा मदर्शा इस्लामिया दारुल कुरान का शिक्षक मुफ्ती जहुर अंसारी, रिजवान अंसारी तथा याहिया अंसारी को उपस्थिती रहेको थियो।The Human Love Charity/Fund ले यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिने र यस क्षेत्रमा थप सहयोग पुर्याउने आशा व्यक्त गरेको छ।
यो कार्यक्रम समाजमा एक सकारात्मक सन्देश दिने र जरुरी समयमै सहयोग पुर्याउने एक महान उदाहरण बनेको छ।
प्रतिक्रिया