Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

" दि ह्युमन लभ च्यारिटी/फण्डको सहयोगमा निःशुल्क कक्षा संचालन "

 दिपेन्द्र  चौधरी सहनी  पर्सा  " दि ह्युमन लभ च्यारिटी/फण्डको सहयोगमा निःशुल्क कक्षा संचालन " दि ह्युमन लभ च्यारिटी/फण्ड को आयोजना...
 दिपेन्द्र  चौधरी सहनी 
पर्सा 
" दि ह्युमन लभ च्यारिटी/फण्डको सहयोगमा निःशुल्क कक्षा संचालन "


दि ह्युमन लभ च्यारिटी/फण्ड को आयोजनामा तथा नेशनल कलेजका शिक्षक पप्पु यादवको विशेष सहयोगमा गरीब तथा सीमान्त परिवारका कक्षा १० का विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क कक्षा संचालन गरिएको छ।कार्यक्रमको उद्घाटन नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य सलाउदिन अहमदक ले गरेका थिए ।उद्घघाटन समारोहमा बोल्दै उनले भने समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने यस अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने पनि विश्वास व्यक्त गर्नुभयो । शिक्षा बालबालिकाको आधारभूत अधिकार भएको भन्दै यस्तो कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको अवसर प्रदान गर्ने पनि वक्ताहरुले बताएका थिए ।कार्यक्रमको सुरुवातमा दि ह्युमन लभ च्यारिटी/फण्डका प्रतिनिधिले निःशुल्क कक्षा सञ्चालनको उद्देश्य, आवश्यकता र प्रभावबारे प्रकाश पारेका थिए ।त्यसैगरी, ब्लु हेभेनका संस्थापक सुदिल पटेलले शिक्षाको महत्वमाथि प्रकाश पार्दै सबैले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने पर्ने पनि बताउनुभयो ।अायोजक संस्थाले शिक्षा मजबुत बनाउन यस्तो कार्यक्रम गरिएको श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन्।कार्यक्रममा विशेष योगदान दिनुभएका नेशनल कलेजका शिक्षक पप्पु यादवले पनि आफ्नो मन्तव्य व्यक्त गर्दै भने, "शिक्षा मात्र यस्तो माध्यम हो, जसले जीवनमा वास्तविक परिवर्तन ल्याउन सकिन्छ ।गरीब तथा सीमान्त परिवारका विद्यार्थीहरू राम्रो शिक्षाबाट बञ्चित नहुन् भन्ने मुख्य उद्देश्य हो साथ सहयोग गरेको पनि वहाँले बताउनुभयो। सो कार्यक्रममा भविष्य उज्ज्वल बनाउन सहयोगी मनहरुलाई धन्यवाद प्रकट गरिएको थियो ।कार्यक्रममा नेशनल कलेजकै भवनमा सञ्चालन भएको थियो।कार्यक्रममा संस्थाका सदस्यहरू म.मुस्ताक अंसारी, म.खालिद अंसारी, विकास कुमार साह, अजय पटेल, परवेज अंसारी, सत्यम गुप्ता, मेराज आलम, रिजवान अंसारी, म.रेयाज हुसैन लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो कार्यक्रम बारे असरफ हवारीले प्रष्ट पार्नु भएको थियो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content