अजय यादव वियोगी
कलैया ,बारा
"विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा माघे सक्रान्तिकै दिन लाखौं दर्शनार्थीले गरे दर्शन ,लाखौं बलि चढाईयो 

"
बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ मा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा माघे सक्रान्तिको अवसरमा लाखौं दर्शनार्थीहरुले दर्शन गरेका छन् ।पञ्चबर्षिय गढीमाई मेला २०८१ मंसिर महिनामा भव्यरुपले लागेका थिए।हरेक मेलापछिको माघे सक्रान्ति अर्थात खिचडीको पनि बलि अर्थात भाकल दिने परम्परा भएकाले २०८१ माघ महिनाको १ गते अर्थात खिचडीको भव्य मेला लागेको हो ।लाखौं दर्शनार्थीहरुले मन्दिरमा आई भाकल दिएका हुन ।मन्दिरको ५/६ किलोमिटर वरिपरि गाडी नै गाडीले भरिएको थियो।पञ्चबर्षिय मेला लागेको साल माघमा पनि बलि दिने भएकाले दर्शनार्थीको घुईचो लाग्ने गरेको गढीमाई मन्दिरका पुजारी चन्देश्वर चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पञ्च बलि चढेपछि मंसिरमा चढेको बलि मध्ये राँगा ,सुँगुर ,मुस बाहेक अन्यको बलि अहिले माघमा बलि दिने परम्परा रहेको पुजारी चौधरीले बताउनुभयो ।विश्वको एक मात्र मन्दिर जहाँ चौधरी पुजारी रहेको विश्वमा नै सबैभन्दा बलि दिने अर्थात भाकल दिनेहरु पर्ने गरेको पनि उहाँले बताउनुभयो।मन्दिरमा अास्था र विश्वासले माँगे सन्तान प्राप्ति हुने भएकाले करोडौं भक्तजन आउने गरेको पनि पुजारी चौधरीले बताउनुभयो।विश्व प्रसिद्ध भगवती श्री गढीमाई मेलामा श्री गढीमाई मन्दिर तथा विकास समितिले मेलाको व्यवस्थापन गरेका हुन ।बाराको संतगज ,मटिअर्वा नाका लगायत नाकाबाट भारतीय गाडी र दर्शनार्थीहरुको घुईचो लागेको थियो ।मेलालाई विश्व सम्पदा सुचिमा समावेश गर्न जरुरी रहेको सुवर्ण गाउँपालिकाका अध्यक्ष प्रत्यासी युवा नेता अशोककुमार यादवले बताउनुभयो ।गढीमाई मेलामा हजारौं परेवा ,लाखौं खसी बलि दिईएको हो भने अहिले राँग पनि समिति कैयौं बुझाईएको हो भने सुचना मेला समितिले दिएका छन् ।मेला व्यवस्थापन फितलो भएपनि गढीमाईको कृपाले सबै ठिक भएको दर्शनार्थी शकुन्तला यादवले बताईन।ट्राफिक जामले दर्शनार्थीहरुलाई सास्ती भएपनि माताको कृपाले सहज तुल्याएको पनि वहाँले बताईन।यता विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरलाई विश्व सम्पदा सुचिमा समावेश तथा अन्य कामका लागि अाफु लागेर जतिसुकै सहयोग गर्न तत्पर रहेको पनि बाराकै उत्कृष्ट मेयर ,पचरौता नगरपालिकाका नगरपिता एवम् प्रखर वक्ता जलन्धर सिँहले बताउनुभयो ।पचरौता नगरपालिकाको गुलरिया नाकाबाट अाउने दर्शनार्थीहरुलाई नगरपालिकाले सेवा ,सुविधा समेत दिईएको पनि वहाँले बताउनुभयो ।गढीमाईको कृपाले देशविदेशमा यो देशको नाम हुन गएकाले सबै मिली सहयोग गर्नुपर्ने अावश्यकता रहेको पनि उत्कृष्ट मेयर सिँहले बताउनुभयो।गढीमाईको कृपा सबैमा परोस् यहीँ शुभकामना।
प्रतिक्रिया