Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

छिपहरमाई गा.पा-२ चारगाँहामा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न

दिपेन्द्र चौधरी सहनी  पर्सा ,नेपाल  छिपरमाई गा.पा-२ चारगाँहामा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न   बाराको...
दिपेन्द्र चौधरी सहनी 
पर्सा ,नेपाल 


छिपरमाई गा.पा-२ चारगाँहामा हेल्पिङ्ग हैण्ड युथ सोसाइटीद्वारा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न
 
बाराको चर्चित गैरसरकारी संस्था हेल्पिङ्ग हैण्ड युथ सोसाइटीको आयोजनामा छिपहरमाई गाउँपालिका-२ मा रहेको श्री नौगाँवा माध्यमिक विद्यालयमा व्यक्तित्व विकास तथा एस.इ.इ अभिमुखिकरण कार्यक्रम-२०८१ भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजकुमार गुप्ता (राज गुप्ता) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता रहनुभएको थियो। विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहलाद साह कानु, वडा-२ का अध्यक्ष महेन्द्र साह कलवार, वडा-१ का अध्यक्ष कामेश्वर प्रसाद यादव, वडा-५ का मौजिलाल साह, र वडा-४ का अध्यक्ष रामेश्वर महतो उपस्थित हुनुहुन्थ्यो।
साथै, सशस्त्र प्रहरी बल मिर्जापुरका प्रहरी निरीक्षक कृष्णागिरी, विद्यालयका प्र.अ गगनदेव यादव, दिनेश प्रसाद कुर्मी, सुरेश प्रसाद कानु, र वरिष्ठ शिक्षक वकिल यादव,संचारकर्मी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालनमा श्री ने.रा.प्रा.वि टिहुकीका शिक्षक मनोज पटेलले विशेष भूमिका निभाउनुभएको थियो।
प्रशिक्षण प्रदान गर्ने वक्ताहरूमा मोटिभेशनल स्पीकर प्रदीप कुमार साह, गोविन्द गुप्ता हुनुहुन्थ्यो भने कार्यक्रमको प्रबन्धन र निर्देशन  पुनम यादव,सन्दीप  कुमार तथा उद्घोषण कुमकुम गुप्ताले गर्नुभएकी थिइन। वहाँरूले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, र एसईई परीक्षाका लागि आवश्यक रणनीतिहरूमा सहभागीहरूलाई मार्गदर्शन गर्नुभयो।
कार्यक्रममा मोटिभेसनल वक्ता  गोविन्द गुप्ता सरले विद्यार्थीहरूलाई एसईई परीक्षा पूर्व कसरी तयारी गर्ने भन्ने विषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभयो। उनले समय व्यवस्थापन, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्रहरूको अभ्यास, र आत्मविश्वास अभिवृद्धिका विषयमा मार्गदर्शन गरे।

उहाँले विद्यार्थीहरूलाई अध्ययनलाई नियमित र योजनाबद्ध बनाउँदै, परीक्षा नजिकिँदै जाँदा मानसिक तनावलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरामा पनि सुझाव दिनुभयो। गोविन्द सरले सहभागी विद्यार्थीहरूलाई कठिन विषयमा ध्यान केन्द्रित गर्दै, साना-छोटा विश्रामसहित अध्ययन गर्ने रणनीति अपनाउन प्रेरित गर्नुभयो।
यस प्रशिक्षणले विद्यार्थीहरूलाई परीक्षाका लागि सकारात्मक दृष्टिकोण र योजनाबद्ध तयारीमा सहयोग पुर्‍याएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा प्रदीप कुमार साह सरले विद्यार्थीहरूलाई व्यक्तित्व विकासका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुभयो। उनले व्यक्तित्व विकासका लागि आत्मविश्वास, सकारात्मक सोच, प्रभावकारी संवादकला, र समय व्यवस्थापनको महत्त्वबारे विस्तृत रूपमा चर्चा गरे।
त्यस्तै मोटिभेसनल वक्ता प्रदीप कुमार साह सरले विद्यार्थीहरूलाई आफ्नो कमजोरीहरू पहिचान गरेर ती सुधार्न सक्रिय हुने, लक्ष्य निर्धारण गर्ने, र निरन्तर प्रयास गर्दै आफूलाई सक्षम बनाउनुपर्ने कुरामा जोड दिनुभयो। साथै, उनले आत्म-अवलोकन र आत्म-सुधारका उपायहरू विभिन्न डेमो गराउँदै प्रस्तुत गरे।
उनको प्रशिक्षणले विद्यार्थीहरूलाई आफ्ना व्यक्तिगत क्षमता पहिचान गर्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिएको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए। गाउँपालिकाका विभिन्न विद्यालयका छात्र-छात्राहरूलाई समेटिएको यस सेमिनारले उनीहरूलाई आगामी परीक्षा र भविष्यप्रति सकारात्मक दृष्टिकोण विकसित गर्न सहयोग पुर्‍याएको सहभागीहरूको भनाइ छ।

संस्थाले यसअघि पनि पर्सा र बाराका विभिन्न क्षेत्रमा यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ। हेल्पिङ्ग हैण्ड युथ सोसाइटीले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।











COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content