Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

करोडौंले गरे गढीमाई मेलाको दर्शन, बलि स्थान दुर्गन्धितरहित बनाउन कार्य जारी

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् । मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन...

बारा, २४ मंसिर । पञ्चवर्षीय गढीमाई मेलाको झण्डै दुई करोडले अवलोकन गरेका छन् ।
मेला समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गढीमाई मन्दिर तथा मेलामा घुमफिर गर्न आउनेहरूको भीड बढिरहेको बताए । बलिकै रूपमा प्रसिद्ध गढीमाई माताको दर्शन गर्न आइतवार र सोमवार मात्र करोडौं सङख्यामा भक्तजनहरू देश तथा बिदेशबाट भित्रिएका उनले बताए ।
यद्यपी शनिवार र आईतवारको तुलनामा सोमवार गढीमाई मेलामा दर्शनार्थीहरूको चाप निकै बढेको थियो ।
गढीमाई माताको दर्शन गर्न नेपाल र भारत, अमेरिका, फ्रान्स लगायतबाट समेत दर्शनार्थीहरू आइपुगेका छन् ।
भाकल पूरा भएपछि दर्शनार्थीहरू एकै पटक गढीमाई मेलामा आउने गरेको कारण विशेषत बलिको दुई दिन अपेक्षा भन्दा बढी भिडभाड हुने गरेको जनाइएको छ । दर्शनार्थीको अत्यधिक भीडका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
मंसिर २३ गते आइतवार बलिको पहिलो दिन राँगा बलि दिइएको थियो । पहिलो दिन ८ हजार भन्दा बढी राँगा बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपसमितिले जानकारी दिएको छ । उपसमितिका संयोजक प्रेम साहले ८६२९ राँगाको बलि चढाइएको बताए ।
भारतबाट आउने राँगाहरूलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको समितिको अनुमान छ ।
बोका बलि दिने भक्तजनहरूले आफुलाई पाएक परेको ठाउँमा दिन सक्ने भएकोले बोका बलिको तथ्यांक आउन नसकेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ ।
आइतवार चढाईएको राँगाको मासु दलित समुदायहरूले लगेका थिए ।राँगाको मासु उनीहरूले प्रसादको रूपमा लगेको बलि ब्यवस्थापन उपसमितिका संयोजक साहको भनाइ छ । दलित समुदाय तथा राँगाको मासु खानेहरूले गरेको अनुरोध बमोजिम यो वर्ष मेलामा चढाइएको राँगाको मासुको लागि कुनै टेण्डर बोलाइएन, तर केही मेला बिरोधीहरूले मासुको लागि टेण्डर भएको हल्ला समेत फैलाएको उनले बताए ।
राँगाको बलिबाट स्थानीयहरूको स्वास्थमा असर नपर्ने गरी ब्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ । राँगा बलि दिइएको परिषरमा खाल्डो खनेर राँगाहरूको आन्द्रा, भुडीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिको सहयोगबाट खाल्डोलाई पुरिरहेको बताइएको छ ।  

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content