Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा खनाल विजयी

वीरगंज, २९ मङ्सिर/ नेपाल पत्रकार महासङ्घ, पर्साको अध्यक्ष पदमा ओमप्रकाश खनाल नौ मत अन्तरले विजयी भएका छन् । उनले ८४ मत पाउँदा उनका निकटतम प्...

वीरगंज, २९ मङ्सिर/
नेपाल पत्रकार महासङ्घ, पर्साको अध्यक्ष पदमा ओमप्रकाश खनाल नौ मत अन्तरले विजयी भएका छन् । उनले ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अनुप तिवारीले ७५ मत पाएका थिए । प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठनबाट समर्थन पाएका खनाललाई प्रेस युनियन र प्रेस चौतारीका असन्तुष्ट खेमाले पनि सहयोग गरेका थिए । प्रेस युनियन तथा प्रेस चौतारीका आधिकारिक उम्मेदवार तिवारीलाई उनकै पक्षधरहरूले असहयोग गर्दा हार बेहोर्नुपरेको बताइएको छ ।

पर्सामा बलियो सङ्गठनको रूपमा रहेका युनियन र चौतारीलाई पाखा लगाउँदै सङ्गठन विस्तारकै क्रममा रहेका सेन्टर र समाजवादीले समर्थन गरेका उम्मेदवारले जितेपछि युनियन र चौतारीभित्र किचलो शुरू भएको छ । मतपरिणाम अनुसार मतदाताहरूले सङ्गठनको ह्वीपलाई पाखा लगाउँदै आआफ्नो विवेकले मतदान गरेको देखिन्छ । पर्सामा मिश्रित परिणामले गठबन्धन सङ्गठनबीच एकअर्कालाई आरोप लगाउन पनि शुरू भएको छ ।

त्यसैगरी, मतपरिणाम अनुसार उपाध्यक्षमा भूषण यादव ९० मत ल्याइ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अलि असगर देवानले ६० मत पाएका थिए । महिला उपाध्यक्षमा नीलिमा पौडेल दुई मत अन्तरले विजयी भएकी छन् । उनले ७९ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कविता खड्काले ७७ मत पाइन् । सचिवमा विजय चौहान ६१ मत ल्याइ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी मनोजकुमार पटेलले ४९ मत ल्याएका थिए ।

सहसचिव (समावेशी)तर्फ एसके चौरसिया ६२ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी इरफान अलिले ५१ मत पाए । सहसचिव (खुला)तर्फ अजयकुमार चौरसिया ७७ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी उदयकुमार दासले एक मत कम ७६ पाएका थिए । कोषाध्यक्षमा सञ्जीवकुमार मिश्रले ६५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी अमितकुमार साहले ३४ मत पाए । सदस्य (महिला)तर्फ कमला भण्डारीले ८२ मतसहित विजयी भइन् भने विमला गुप्ताले ७२ मत पाइन् । सदस्य (आदिवासी जनजाति)तर्फ अजितकुमार भुजेल ६१ मतसहित विजयी भए । सदस्य (मधेसी)तर्फ आरोहण साह ६२ मत ल्याइ विजयी भए, सदस्य (अन्य समावेशी)तर्फ प्रकाशकुमार तिवारी ८२ पाएर विजयी भए ।

सदस्य (खुला)तर्फ तिवारी यादव ६१, प्रमोद यादव ५१, बलिराम शुक्ला ५०, रितेन्द्र झा ५०, श्याम कुशवाहा ५४, राहुल गुप्ता ५९, महेशचन्द्र गौतम ६४, राघवसाह कानू ७० मत पाएर विजयी भएका प्रमुख निर्वाचन अधिकृत शत्रुघ्न नेपालले जानकारी गराएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content