Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

यात्रीहरूलाई सास्ती दिने यातायात बिचौलियाहरु पक्राउ

वीरगंज,१३ मंसिर । वीरगंजको भानुमार्गस्थित नयाँ बसपार्कमा यात्रीलाई सास्ती दिएको आरोपमा १८ जना यातायात बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ...

वीरगंज,१३ मंसिर । वीरगंजको भानुमार्गस्थित नयाँ बसपार्कमा यात्रीलाई सास्ती दिएको आरोपमा १८ जना यातायात बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
 
जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट बिहीवार खटिएको प्रहरी टोलीले एकैसाथ १८ जना बिचौलियाहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगंज–१ का २१ व्र्षिय सन्जिव गुप्ता, वीरगंज–८ का ५१ वर्षीय विजय साह, वीरगंज–१० का १८ वर्षीय बजरंगी महत्तो, २२ वर्षीय राहुल महत्तो, ३८ वर्षीय विजय साह, २८ वर्षीय फिरोज खान,वीरगंज– १० का ३५ वर्षीय प्रभु पटेल,वीरगंज–१५ का ३१ वर्षीय सन्देश सिंह,वीरगंज–१६ का २० वर्षीय विकास पटेल रहेका छन् ।

यस्तै वीरगंज–१६ का २० वर्षीय विकास पटेल,वीरगंज–११ का ३१ व्र्षिय जयपुजन ठाकुर,२३ वर्षीय मनिष महतो,२२ वर्षीय चन्दन कुमार चौरसिया,३५ वर्षीय सन्तोष महतो,वीरगंज–१४ का २३ वर्षीय इद मियाँँ धोबी,वीरगंज–११ का ४० वर्षीय सुरज भगत माली,पर्साकै बिन्दवासिनी गाँउपालिका– १का २० वर्षीय संजिव गुप्ता,रौतहटको माधवनारायण नगरपालिका–१ का २५ वर्षीय नरेश साह सोनार,गोरखाको गोरखा नगरपालिका–९ का २६ वर्षीय सुशान्त कुँवर र भारतको मोतिहारी बकतौरा घर भएका २५ वर्षीय जटाशंकर कुमारलाईपनि प्रहरीले नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी नयाँ बसपार्कका प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले जानकारी दिए ।

बसपार्क क्षेत्रमा यात्रीलाई दुख, हैरानी दिने तथा यातायात कार्यालय वीरगंजमा कामका लागि आउने सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर रकम लिने जस्ता गुनासा आएपछि बिहीवार खटिएको प्रहरी टोलीले उनिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

उनिहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर सार्वजनिक शान्ति बिरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content