अजय यादव वियोगी
कलैया, बारा
"३४ किलो लागु अौषध गाँजा सहित २ जना व्यक्ति बारा प्रहरीको नियन्त्रणमा "
बारा जिल्लामा अहिले प्रहरीले सक्रियता बढाएसँगै विभिन्न घटनामा संलग्न प्रकाउ पर्नुको साथै विभिन्न घटनाहरु रोक्न थालेको हो । विषेश सूचनाको आधारमा मिति २०८१/०७/१७ गते अन्दाजी ०९:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ४ गंगानगर टोलमा बस्ने हिरा महतोको गाई गोठ भित्रबाट निम्न व्यक्तिहरूले लुकाई छिपाई प्याकिङ गर्दै गरेको निम्न वमोजिम लागू औषध गाँजा वरामद गरी मानिस समेत नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश सापकोटाले श्री गढीमाई दैनिकलाई बताउनुभयो। प्रकाउ पर्नेहरुमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं.४ गंगानगर बस्ने अन्दाजी वर्ष २५ को दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोही ठाउँ बस्ने अन्दाजी वर्ष ३५ को सरोज प्रसाद यादव रहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।


i



प्रतिक्रिया