अजय यादव "वियोगी"
कलैया ,बारा ।
बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा मेला अथवा अन्य केही काम गर्दा कानुनको अधिनमा रहि गर्नको निम्ति वडा नम्बर -७ का वडाध्यक्ष बनारसी बिन द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बेनौली गाउँमा छठ पर्वको परनाको भोलि पल्ट बर्षे देखि लाग्दै आइरहेको श्री महाबिरी झण्डा मेलाको लागि वडा कार्यालयवाट आ.व.२०८१/०८२ को लागि बजेट विनियोजन समेत भइ मिति २०८१/०७/२४ र २०८१/०७/२५ गतेका दिन लाग्ने श्री महाविरि झण्डा मेलाको उपभोक्ता समिति गठनका लागि वडा कार्यालयबाट प्रथम पटक मिति २०८१/०६/०७ मा सूचना गरिएकोमा उक्त दिन स्थगित भइ पुनःदोस्रो पटक मिति २०८१/०६/१६ मा सुचना गरिएकोमा मिति २०८१/०६/१८ गतेका दिन विहान ७:०० बजे श्री राम जानकी मठको प्राङ्गणमा धर्मदेव प्रसाद यादवको अध्यक्षतामा भिखना पोखरीको पश्चिम डिलमा मेला लगाउनको लागि श्री महाविरी झण्डा मेला व्यवस्थापन समिति गठन भई वडा कार्यालयको मिति २०८१/०६/१८ गतेको च.न.३८९ बाट सिफारिस समेत भई पचरौता नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेनौली, बाराको मिति २०८१/०६/२० गतेको च.न.११९७ बाट कार्य आदेश समेत पाइसकेकोमा समाजिक संजाल तथा गाउँका व्यक्तिहरुबाट भएको जानकारी अनुसार कानुन विपरीत केही व्यक्तिहरु/समुहले छठ पर्वको परनाको भोलि पल्ट नै मिति २०८१/०७/२४ र २०८१/०७/२५ गतेका अर्को मेला लगाउनको लागि मेला समिति गठन गरेको सुनिन्न आएकोले स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १२ वडा समितिको काम, कर्तव्य र अधिकारको उपदफा २ (ग) को बुदाँ नं. १७ मा स्थानिय समुदायका चाडपर्व भाषा संस्कृतिको विकासको लागि कला नाटक जनचेतनामुलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने तथा बुदाँ नं.१८ मा स्थानिय मौलिकता झल्किने सांस्कृतिक रितिरिवाजलाइ संरक्षण तथा प्रवर्द्धन गर्ने अधिकार यस बडा कार्यालयलाइ रहेकोले कानुन विपरीत कोही कसैले अनाधिकृत कार्य नगर्नु, नगराउनु साथै वडा कार्यालयको अनुमति विना बडा नं.७ मा कुनै किसिमको सांस्कृतिक कार्यक्रम, मेला तथा नाटक समेत संचालन नगर्नु हुन, यदि कुनै व्यक्ति वा समुहले वडा कार्यालयको अनुमति बिना केही गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईएको वडा नम्बर -७ का वडाध्यक्ष बनारसी बिन द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सांस्कृतिक कार्यक्रम, मेला तथा नाटक संचालन गरेमा वा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको हो ।विगतमा पचरौता सामाजिक स्थिति बिगार्न एकै समय मेला लागेको र सो समयमा मेला लाग्दा अाम जनतामा परेको प्रभावको मध्य नजर गर्दे वडाले अगाडि नै सबैलाई सचेत गराएको हो ।मेला अथवा केही गर्न वडाले नरोके तर एकै मितिमा एकै ठाउँमा कार्यक्रम गर्दा अनियन्त्रित हुने सम्भावना भएकाले त्यसो नगर्न र नगराउनका लागि अाफू लागेको वडाध्यक्ष बनारसी बिनले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।
प्रतिक्रिया