गढीमाई संवाददाता
पर्सा ,बिरगंज ।
"
पर्साको कालिकामाई गाउँपालिका -२, भेडिहारीमा रहेको कालिकामाई युवा समाजले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा बिरगञ्जको श्रीसिया स्थित मानव सेवा आश्रममा खाजा वितरण गरेको छन् ।संस्थाका युवाहरुले मानव सेवा आश्रममा रहेका करिब ७० जना आमा,बुवा तथा भाई बहिनीहरूलाई,स्याउ,केरा,मिठाई ,नमकिन् लगायतका खानेकुराहरू वितरण गर्दै कालिकामाई युवा समाजले पहिलो वार्षिक उत्सवभव्यताका साथ मनाएको संस्थाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।युवा समाजले विगत दुई वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेपनि २०८०/०७/०२ गते का दिन जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गराएर समाजको सेवा गर्दे आएका छन् ।समाज कल्याण परिषदमा समेत आवद्ध भई युवा शक्तिलाई एकिकृत गरी समाजमा रहेका विकृति विरुद्ध चेतना फैलाउँदै स्वक्ष र समृद्ध समाज निर्माणको लागि आफूहरु सधैं प्रयासरत रहेको युवा समाजको अध्यक्ष आकाश चौरसियाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।आगामी दिनमा पनि मानव सेवा आश्रम जस्ता क्षेत्रहरूमा हाम्रो निरन्तरता रहिरहने र आवश्यक परेकालाई सहयोग गर्नका निम्ति कालिकामाई युवा समाज सधैं काँधमा काँध मिलाई अघि बढ्ने युवा समाजकम कोषाध्यक्ष बुलेट तिवारीले बताउनुभयो।संस्थाका महासचिव विशाल कुशवाहाले पानसमा बत्ति बालि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। भने मानव सेवा आश्रमको तर्फबाट चन्दन र पुष्पले साथ दिनुको साथै युवाहरूलाई स्वागत गर्दै सम्मान पत्र युवा समाजलाई सम्मानित गरिएको हो खाजा वितरण कार्यक्रममा युवा समाजका वरिष्ठ उपाध्यक्ष आकाश महतो,उपाध्यक्ष भरत साह,कोषाध्यक्ष बुलेट तिवारी,महा सचिव विशाल कुशवाहा,सुदिप चौरसिया,रमेश चौरसिया,मोहन महतो,धर्मेन्द्र चौरसिया,अनिश पटेल लगायतका युवाहरुको विशेष उपस्थिति रहेको थियो ।
प्रतिक्रिया